
जनकपुरबाट जलेश्वर आउँदै गरेको ना.३ख २८७८ नम्बरकाे सुपरसफारी डिलक्स बसको स्टेरिङ फेल हुँदा जलेश्वर नगरपालिका- २ स्थित सिनेमाहल चौकको डिभाइडरमा ठोक्किएको छ।
स्टेरिङ फेल हुँदा बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको हो। ट्राफिक प्रहरी कार्यालय जलेश्वरका इन्चार्ज रमेश श्रेष्ठले दुर्घटनामा बसयात्रु सुरक्षित रहेकाे जानकारी दिए।