![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/oli22024-05-17-07-00-12.gif)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भनिएकाे छलफल स्थगित भएको छ। संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले कांग्रेस नेताहरूलाई साँझ ६ बजे छलफलमा बोलाएका थिए।
प्रधानमन्त्रीको समयअभावका कारण आजको बैठक स्थगित भएको बताइएको छ। बैठक भोलि शनिबार बिहान बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
बैठक बिहान ८ बजे बालुवाटारमा बस्नेछ।