१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २२ शनिबार १५:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

अनिवार्य अवकाश भए कुस्तीका ‘भीष्मपिता’ धर्मराज  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:४६:oo

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतका कुस्ती खेलका प्रमुख प्रशिक्षक धर्मराज यादव उमेर हदबन्दीका कारण अनिवार्य अवकाश पाएका छन्।

विगत लामो समयसम्म कुस्ती खेलमा जीवन बिताएका उनले चैत अन्तिम सातामा उमेर हदबन्दीका कारण अनिवार्य अवकाश पाएका हुन्।

पर्साको विन्दवासिनी गाउँपालिका– २ गर्दौलनिवासी उनले ५८ वर्षको उमेर हदबन्दीका कारण अवकाश पाएको बताए।

नाै कक्षामा पढ्दादेखि नै कुस्तीप्रति रुचि राख्दै कुस्तीमा भाग लिएका उनले अहिलेसम्म सबैभन्दा बढी रजत र कांस्य जितेका छन्।

अनिवार्य पाएका धर्मराजले १३ वैशाख (आज)मा अवकाश भएको पत्र बुझ्दै बाँकी जीवन पनि कुस्तीकै लागि बिताउने सुनाए।

उनले आफ्नो खेल जीवनमा राष्ट्रको प्रतिनिधित्व गरेर तीनपटक रजत पदक र दुईपटक कांस्य पदक पनि जितेका छन्। उनलाई कुस्ती खेलको भीष्म पितामह पनि भन्ने गरिएको छ।

कुस्ती खेलाडीको रूपमा एक दर्जनभन्दा बढी देश पुगेका उनले खेलकुद परिषदमा ०४५ सालदेखि प्रशिक्षक रूपमा नियुक्ति पाएका थिए। 

यस्ताे छ उनकाे खेलजीवन 

प्रशिक्षकमा नियुक्त हुनुअघि ०४५ सालमै खेलाडीको रूपमा धर्मराजले चौथाे साफमा पाकिस्तानको इस्लामावादमा पुगेर कांस्य पदक जितेको सुनाए।

उनले उक्त वेला ७४ केजीमा प्रतियोगिता खेल्दा कांस्य पदक जितेका थिए। धर्मराजसँगै खेलाडीको रूपमा सिराहा जिल्लानिवासी नन्दलाल यादव पनि गएका थिए।

उनीसँगै कुस्तीका अध्यक्ष लक्ष्यबहादुर गुरुङ, कुस्तीका सचिव दीपक ब्रजाचार्य, राजविराजका जिल्ला खेलकुदका सचिव रमेश सिलवाल र कुस्ती प्रशक्षिकको रूपमा विद्यासागर पोखरेल पाकिस्तान गएका थिए।

उनले बंगलादेशमा पनि ८४ केजीमा खेल्दै कांस्य पदक जिते। धर्मराज त्यसपछि काठमाडौंमा भएको साफ गेमका सय केजी खेल्दा कांस्य पदक जितेका थिए। 

यस्तै, दोस्रोपटक पाकिस्तानमा नवाैँ साफमा खेल्न पुगेका उनले देशलाई कांस्य पदक दिलाए भने श्रीलंकामा पनि रजत पदक जितेको सुनाउँछन्। उनी अवकाश पाएपछि अहिले परिषदमा अहिले पाँच–सातजना मात्र कुस्तीको प्रशक्षिक छन्। 

उनी भन्छन्, ‘०४५ सालदेखि परिषदमा कुस्ती प्रशिक्षक भएँ। त्यसको केही महिनामा ०५० सालमा एकैपटक एक सय ४० जनाको अवकाश भएपछि म पनि त्यसमा परेँ,’ धर्मराजले भने, ‘०५१ सालमा पुनः प्रशिक्षकको आवेदन खुलेपछि करारमा पुनर्वहाली भएपछि ०५२ सालमा प्रशिक्षकको रूपमा स्थायी भएको हो।’ 

उनका अनुसार अहिले राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षकबाट अनिवार्य अवकाश भएर बिदा भए पनि बाँकी जीवन पनि कुस्ती खेलका लागि बिताउने बताए। अहिले पनि सरकारको आवेदन छैन, सरकारले आवेदन खोलेको खण्डमा खेलकुदमा अवसर रहेको उनको भनाइ छ। 

सुरुको समयमा दुःख गरेर खेल्न सुरु गरे पनि जुन वेला देशका लागि खेल्दा मन खुसीको सीमा नै नरहेको अवस्था थियो।

कुस्ती प्रशिक्षक भए पनि रूपमा अहिले पनि नेपालको धर्मराजसँग खेल्ने खेलाडी पनि नरहेको उनको दाबी छ। कुस्तीकै प्रशिक्षक भएर देशको विभिन्न जिल्लामा पुगेकाले अहिले आफूले प्रशिक्षण गराएका शिष्य देशभर रहेको धर्मराजले सुनाए। 
 

ad
ad