१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिजीले सुरु गर्‍यो हिरोको बिक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३२:oo

चौधरी ग्रुपले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्री–वितरण सुरु गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमबीच हिरोका चारवटा मोडल सार्वजनिक गर्दै दुईपांग्रे बिक्री सुरु गरेको हो । हिरो मोटोकर्पले नेपाली बजारका लागि चौधरी ग्रुपसँग साझेदारी अगाडि बढाएको छ । सिजी मोटर्सले हिरोका एक्स पल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस र जुम ११० (स्कुटर) सार्वजनिक गरेको छ ।

चौधरी ग्रुपसँगको सहकार्यसँगै हिरो मोटोकर्पले आफ्नो आक्रामक बजार विस्तार योजना पनि घोषणा गरेको छ । जसले नेपालमा हिरो मोटोकर्पको उपस्थिति झनै दरिलो बन्ने कम्पनीको विश्वास छ । सिजी मोटर्सले हिरोको बिक्री सुरुवातसँगै नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा एसेम्बली प्लान्ट पनि सञ्चालनमा ल्याएको छ । यसको वार्षिक एसेम्बल क्षमता ७५ हजार युनिट रहेको बताइएको छ । प्लान्ट नेपालको मध्यभागमा रहेको हुँदा हिरोका उत्पादनहरू देशभर उपलब्ध गराउन सहज हुने अपेक्षा छ ।

सहकार्यबारे हिरो मोटोकर्पका ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘यो सहकार्य हिरो मोटोकर्प, सिजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो । अत्याधुनिक एसेम्बली युनिट स्थापना गरेसँगै हिरोका मोटरसाइकल तथा स्कुटर अब नेपालमै बन्नेछन् ।’ उनले सेल्स र सर्भिस नेटवर्क विस्तारमा केन्द्रित भइरहेको पनि बताए । 
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा एसेम्बली प्लान्टसँगै हिरोका उत्पादनहरू सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए ।

उनले भने, ‘हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षताले हामीलाई उत्पादनसँगै देशभर बलियो बजार उपस्थिति निर्माण गर्न लाभदायक हुनेछ ।’ सिजी मोटर्सले काठमाडौंमा हिरोको फ्ल्यागसिप सोरुमसमेत खोलिसकेको छ । 

ad
ad