१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २२ शनिबार १७:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कतारका राजाकाे नेपाल भ्रमणमा विपिन जोशीको रिहाइ मुख्य एजेन्डा : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:११:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमास विद्रोहीको कब्जामा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीसँग कुरा गर्ने बताएका छन्। कतारी राजा अमिरको नेपाल भ्रमणका वेला विपिनको रिहाइको विषयलाई छलफलको मूल एजेन्डा बनाउने प्रधानमन्त्रीको भनाइ छ।

आइतबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले कुवेतको एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा समेत विपिनको रिहाइको एजेन्डा अघि सारेको जानकारी दिए।

विपिनलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डले भनाइ छ। हमास विद्रोहीको आक्रमणमा परेर घाइते भएका तथा प्रभावित अन्य नेपालीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउनेको शव फिर्ता ल्याउन सरकारले तदारुकतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको उल्लेख गरे।

यसैबीच, कञ्चनपुरका विद्यार्थी संघ संगठनहरूले विपिन जोशीको रिहाइको माग अघि सारेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। संयुक्त विद्यार्थी संगठनहरूले ज्ञापनपत्र बुझाएर विपिनको रिहाइको माग गरेको अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवनसिंह विष्टले जानकारी दिए।

ad
ad