१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाललाई तेस्राे झड्का, क्याप्टेन राेहित आउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:१८:oo

एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले तेस्राे विकेट गुमाएकाे छ।

दुवै ओपनर गुमाएकाे नेपाल सम्हाल्न आएका क्याप्टेन राेहित पाैडेल पनि पेभेलियन फर्किएका छन्। राेहित साताैँ ओभरकाे अन्तिम बलमा हैदर अलि नासिरले आउट गरे। उनले १८ बलकाे सामना गर्दै जम्मा पाँच रन जाेड्न सफल भए। यसअघि ओपनर आसिफ शेख ३.३ ओभरमा ११ बलमा आठ रन बनाएर आउट भएका छन्। यसअघि कुशल भुर्तेल  पहिलो ओभरको पहिलो बलमै आउट भए।  

ओमानको अल अमरात क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। नेपाल समूह ‘ए’ को बिजेता रूपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। 

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो। नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो। 

त्यसैगरी, युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्बोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो। आजै हुने अर्को सेमिफइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदै छ।

ad
ad