१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २० बिहीबार १o:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मोरङमा प्रदर्शन र सभा–सम्मेलन गर्न रोक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o३:oo

मोरङमा प्रशासनले कुनै पनि प्रदर्शन र सभा–सम्मेलन गर्न रोक लगाएको छ । साम्प्रदायिक सद्भावलाई कायम राख्न राजनीतिक र धार्मिक प्रदर्शन, सभा–सम्मेलन गर्न प्रशासनले अनिश्चितकालका लागि रोक लगाएको हो ।

जिल्ला प्रशासन मोरङले बिहीबार सार्वजनिक सूचना जारी गर्दैै अर्को सूचना नभएसम्म कुनै पनि धार्मिक प्रदर्शन र राजनीतिक सभा–सम्मेलनजस्ता गतिविधि गर्न रोक लगाएको हो । रामनवमीमा कलश यात्रा निकाल्ने क्रममा विराटनगर महानगरपालिका–१५ मा स्थानीयबीच विवाद बढ्दै जाँदा झडप भएको थियो ।

जसकारण बुधबार विराटनगरको रानी क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो । झडपमा आठ प्रहरीसहित केही स्थानीय घाइते भएका थिए । परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन अश्रुग्यास प्रयोग गरेको थियो ।

स्थानीयका अनुसार विराटनगर महानगरपालिकाको १५ र १७ वडा नम्बरको बीचमा कलश यात्रालाई एउटा समूहले अवरोध गरेपछि विवाद बढेको थियो । विवाद बढेपछि प्रहरीले कलश यात्राको रुट परिवर्तन गर्न आयोजकलाई आग्रह गरेको थियो । तर, कलश यात्रा पुरानै रुटबाट लिएर जाँदा दुई पक्षबीच झडप भएको थियो ।

ad
ad