१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

साँगाको दोस्रो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:४७:oo

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा स्पोर्टस् एकेडेमी साँगाले दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँगाले बिहीबार रानीवन स्पोर्टस् क्लबमाथि १–० को जित निकालेको हो । साँगालाई जित दिलाउन टीकाराज गुरुङले ५६औँ मिनेटमा निर्णायक गोल  गरेका थिए ।

पहिलो हाफमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न सकेनन् । साँगाले पहिलो खेलमा झम्सीखेललाई १–० ले पराजित गरेको थियो । जितसँगै साँगाले तीन खेलमा ६ अंक जोडेको छ । साँगा दोस्रो खेलमा मनोहरा युनाइटेड युथ क्लबसँग ३–२ ले पराजित भएको थियो । रानीवनको यो पहिलो हार हो । पहिलो खेलमा महावीरसँग १–१ बराबरी खेलेको रानीवनले दोस्रो खेलमा समाज कल्याण खेलकुद केन्द्रसँग गोलरहित बराबरी नतिजा निकाल्यो । रानीवनको तीन खेलबाट २ अंक छ ।

पुल्चोकले झम्सीखेलमाथि ४–१ को सादार जित निकाल्यो । पहिलो हाफको ४५ मिनेटसम्म १–० ले अगाडि रहेको झम्सीखेलले मध्यान्तरपछि राम्रो खेल्न सकेन । पुल्चोकले लगातार तेस्रो जित निकालेको हो । पुल्चोकका सिरब तामाङले दुई गोल गरे । मदन पौडेल र समिप ढकालले समान एक गोल गरे । झम्सीखेलका लागि ओम धामीले एक गोल फर्काए । जितसँगै पुल्चोकले तीन खेलबाट ९ अंक जोडेको छ । झम्सीखेलको समान खेलबाट ३ अंक छ । यसअघि पुल्चोकले सामाजिक युवा क्लबलाई ३–० र स्वयम्भू क्लबलाई २–१ ले पराजित गरेको थियो । झम्सीखेल पहिलो खेलमा स्पोर्टस् एकेडेमी साँगासँग १–० ले पराजित हुँदा दोस्रो खेलमा गोलबजार स्पोर्टस् क्लबलाई ४–० ले हराएको थियो ।

खेलको १८औँ मिनेटमा झम्सीखेलले ओमको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा मदनले खेललाई बराबरीमा ल्याए । सिरबले पेनाल्टीमा गोल गर्दा पुल्चोक २–१ ले अगाडि रह्यो । इन्जुरी समयमै झम्सीखेलका अनिश नेपालीले रातो कार्ड पाएपछि झम्सीखेल दश खेलाडीमा सीमित भयो । खेलको ५१औँ मिनेटमा सिरबले व्यक्तिगत
दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका हुन् । 

ad
ad