१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनएमबिको ११औँ हेरिटेज वाक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:१o:oo

एनएमबि बैंकले बुधबार ११औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो बल्खु शाखाबाट सुरु गरी कीर्तिपुरस्थित उमामहेश्वर मन्दिरपरिसरसम्मको पैदल यात्रा गरी कार्यक्रम सम्पन्न गरेको हो ।

‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने नारासहित देशको ऐतिहासिक तथा सामाजिक रुपान्तरणका लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणका लागि नेपाल हेरिटेज सोसाइटीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्नुका साथै कीर्तिपुर महानगरपालिकालाई डस्टबिनसमेत हस्तान्तरण गरेको बैंकले जनाएको छ । 

त्यसैगरी, बैंकले काठमाडौंबाहेक प्रदेश १ मा इटहरी चोकदेखि रामधुनी मन्दिरसम्म, मधेश प्रदेशमा जनकपुर शाखादेखि राममन्दिर, चितवनमा भरतपुर शाखादेखि गणेशधामसम्म एकसाथ हेरिटेज वाक गरेको छ । साथै,  गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखादेखि तालबाराही मन्दिरसम्म, लुम्बिनी प्रदेशमा गोलपार्कदेखि सिद्धबाबा मन्दिरसम्म र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सुर्खेत शाखादेखि काँक्रेविहार मन्दिरसम्म, महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म र धनगढी शाखा देखी कृष्ण मन्दिरसम्मसमेत एकै साथ ११औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । 

ad
ad