१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार o८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चुनावलाई उपयोग गरेर अघि बढ्ने विप्लव नेकपाको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:४३:oo

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावलाई उपयोग गरेर अघि बढ्ने नीति लिएको छ । कपिलवस्तुमा ५ देखि ९ वैशाखमा बसेको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकले ०८४ को चुनावलाई समाजवादी मिसनमा बदलेर प्रयोग गर्ने निर्णय गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा विप्लवले जानकारी दिए । ‘दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई नेपाली विशेषताको समाजवादमा परिवर्तन गर्न सम्भव सबै तरिका र माध्यमलाई प्रयोग गर्ने निर्णय गरेका छौँ,’ उनले भने ।

आगामी निर्वाचनलाई केन्द्रमा राखेर केन्द्र, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, नगर र वडाको संरचनामा पार्टीलाई संगठित र परिचालिन गर्ने निर्णय बैठकले गरेको छ । राष्ट्रियता, जनजीविका र जनहितका विषयलाई सशक्त रूपमा उठाउने निर्णय पनि बैठकले गरेको उनले बताए । 

माओवादी धाराका बीचमा राजनीतिक कार्यदिशा, संगठन, संघर्ष, सांस्कृतिक विषयमा छलफल गरेर उपयुक्त समयमा एकता गर्ने निर्णय पनि नेकपाले गरेको छ । कम्युनिस्ट पार्टीहरूबीचमा एकीकृत पार्टी र आन्दोलनका विषयमा व्यापक बहस गर्ने निर्णय गरेको उनले जानकारी दिए । एकता नभएको अवस्थामा समाजवादका लागि बृहत् मोर्चा निर्माणमा जोड दिने निर्णय बैठकले गरेको छ ।

ad
ad