बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी

बिहिबार, ६ बैशाख, २०८१
डिजिटल संस्करण
बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी

तस्बिर : रुपनि जिएम/रासस

बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको छ । हर्बल प्रालिमा आज बिहान ७ बजेतिर आगलागी भएको हो । हर्बल प्रालिको परिसरभित्र संकलन गरिराखेको सल्लोको खोटोबाट आगो सल्किएको अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल र भारतका गरी ११ वटा दमकलको प्रयोग गरिएको छ ।  अहिले पनि आगाे निभाउने प्रयास जारी छ । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन ।

See More On

सुझावित समाचार