१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सानेपाको पहिलो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२७:oo

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बुधबार सानेपा क्लबले पहिलो जित निकालेको छ । लिगको आफ्नो तेस्रो खेलमा सानेपाले स्वयम्भू क्लबलाई २–१ ले हराउँदै पहिलो जित निकालेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामा र नीराजनजंग शाहीले एक–एक गोल गरे । स्वयम्भूका लागि सुग्रित मगरले एक गोल थपे ।

पेम्बाले चौथो मिनेटमै सानेपालाई अग्रता दिलाए । ४८औँ मिनेटमा सुग्रितले बराबरी गोल गरेका थिए । ८६औँ मिनेटमा नीराजनले सानेपालाई २–१ को अग्रता दिलाए । सानेपाले तीन खेलबाट ४ अंक जोडेको छ । स्वयम्भूको यो दोस्रो हार हो । टोलीको तीन खेलबाट १ अंक छ । 

दोस्रो खेलमा खालीबारी युवा फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्रले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्समा खालीबारीका रोनल राई र समाज कल्याणका नीरज परियारले गोल गरेका हुन् । खेलको २२औँ मिनेटमा रोनलले खालीबारीलाई १–० को स्थितिमा राखे । ६३औँ मिनेटमा नीरजले समाज कल्याणलाई १–१ को बराबरीमा ल्याए । खालीबारीले तीन खेलबाट २ अंक जोडेको छ । समाज कल्याणले समान खेलबाट ५ अंक बनाएको छ । 

ad
ad