१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पर्यटक प्रहरीलाई पर्यटन बोर्डले दियो विद्युतीय साइकल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:५४:oo

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखराले पोखरास्थित पर्यटक प्रहरी कार्यालयलाई दुई थान विद्युतीय साइकल सहयोग गरेको छ । बोर्ड पोखरा कार्यालयका निमित्त प्रमुख नवीन पोख्रेल, वरिष्ठ अधिकृत कुन्दन मिश्र शर्माले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापालाई सहयोग गरिएका साइकल हस्तान्तरण गरे । सहयोगप्राप्त साइकल प्रमुख थापाले पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी निरीक्षक जगदीश रेग्मीलाई हस्तान्तरण गरे । 

पोखरा देशकै पर्यटकीय राजधानी घोषणासँगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी तथा चुनौतीलाई मध्यनजर गरी स्रोत–साधनको अभावमा हुने स–साना समस्यालाई समाधान गर्न बोर्डले सहयोग गरेको बोर्ड पोखराका प्रमुख पोख्रेलले जानकारी दिए । पोखरा र आसपासका क्षेत्रमा सुरक्षित पर्यटकीय वातावरण सिर्जना गर्न यसले सहयोग गर्ने भनाइ उनको थियो । 

प्रमुख थापाले स्वदेशी तथा विदेशी पर्यटकको बढी आवतजावत हुने स्थानहरूमा गस्ती गरी सुरक्षित पर्यटकीय वातावरणको महसुस हुने गरी कार्य गर्न सहयोगले अझ बढी उत्प्रेरणा थपेको भनाइ राखेका थिए । पर्यटकका लागि पोखरा सुरक्षित छ भन्ने सन्देश दिन र आवश्यक वातावरण मिलाउन सबैको साथ र सहयोग आवश्यक रहेको भनाइ उनको थियो । 

ad
ad