१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:५२:oo

नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच दुवै पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पन्डा र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरे । 

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालयलगायत सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ । यस बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय २१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

ad
ad