१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:४o:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० का एकै खेलमा बनेका सर्वाधिक रन

पछिल्ला वर्षमा खेलाडीदेखि दर्शकसम्मले रुचाएको टी–२० क्रिकेटमा कीर्तिमानको ओइरो लाग्ने गरेको छ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४o:oo

विश्व क्रिकेटमा पछिल्लो समय छोटो फम्र्याटको खेललाई पछ्याउने बढिरहेका छन् । टी–२० र टी–१० खेलले धेरैलाई लोग्याएको छ । छोटो समयमै सकिने र हेर्न पनि रमाइलो हुने भएपछि टेस्ट र एकदिवसीय खेलपछि पर्न थालेका हुन् । कीर्तिमान पनि यस्तै फम्र्याटका खेलमा बढी बनेका छन् ।

सोमबार भएको इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंगलुरु र सन्राइजर्स हैदराबादले यसको पुष्टि गर्छ । धेरैभन्दा धेरै रन, छोटो समयको खेल र त्यो खेलले दिने रोमाञ्चकता । यो खेलमा विश्वक्रिकेटमै खेलिएको मध्ये सबैभन्दा धेरै रन बन्यो । हैदराबादले यसै सिजन आफ्नो नाममा बनाएको कीर्तिमान भंग गर्दै पुनः आफैले कीर्तिमान बनाएको छ । टी–२० क्रिकेटरको एकै खेलमा बनेका सर्वाधिक रन र खेल यस्ता छन्ः

 टिम– रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध सन्राइजर्स हैदराबाद
प्रतियोगिता– इन्डियन प्रिमियर लिग 
रन– ५४९

टी–२० क्रिकेटमा सर्वाधिक रन आइपिएलमा बनेको छ । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र सन्राइजर्स हैदराबादबीच यो कीर्तिमान बनेको हो । दुई इनिङ्समा सर्वाधिक पाँच सय ४९ रन बने । २० ओभरमा खेलमा मात्र दश विकेट झरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ट्राविस हेडको सतक मद्धतमा तीन विकेट गुमाउँदै दुई सय ८७ रन बनायो ।

प्रत्युत्तरमा आरसिबीले सात विकेट गुमाएर मात्र दुई सय ६२ रन बनाएपछि हैदराबाद २५ रनले जित निकाल्न सफल रह्यो । ओपनर हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित सर्वाधिक १०२ रन बनाएका थिए । ३० वर्षीय अस्ट्रेलियन ब्याटरको आइपिएलमा पहिलो शतक हो । हेनरिक क्लासेजले ३१ बलमा ६७ रनको योगदान गरे । यता, आरसिबीको लागि छैटौं नम्बर क्रिजमा पुगेका दिनेश कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्कासहित सर्वाधिक ८३ रन बनाए । घरेलु टोलीका कप्तान फाफ डुप्लेसिसले २८ बलमा ६२ रन बनाउँदा अ‍ोपनर विराट कोहलीले ४२ रनको योगदान गरेका हुन् । 

टिम– सन्राइजर्स हैदराबादविरुद्ध मुम्बई इन्डियन्स
प्रतियोगिता– इन्डियन प्रिमियर लिग
रन– ५२३

चलिरहेको आईपिएलमै टी–२० क्रिकेटमा सर्वाधिक धेरै रन बन्ने कीर्तिमान बनेको थियो । प्रतियोगिताको आठौं खेलमा सन्राइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई ३१ रनले हराउँदा नयाँ कीर्तिमान बनेको हो । जुन कीर्तिमान आफूले बनायो त्यही कीर्तिमान हैदराबादले नै तोडेको छ । यो खेलमा आठ विकेट जाँदा पूरा ४० ओभरमै खेल भयो । तर, दुबै टोलीबाट सतक बन्न सकेनन् ।

 टस हारेर ब्याटिङ सुरू गरेको हैदराबादले तीन विकेट गुमाउँदै दुई सय ७७ रन बनायो । मुम्बईले पाँच विकेट गुमाउँदा मात्र दुई सय ४६ रन बनाएको हो । हैदराबादको इनिङ्समा हेनरिक क्लासेनले ३४ बलमा सर्वाधिक ८० रन बनाए । ओपनर ट्राविस हेडले ६४, अभिषेक शर्माले ६३ र ऐडन मारक्रमले ४२ रनको योगदान गरेका थिए । मुम्बईको तर्फबाट तिलक बर्माले सर्वाधिक ६४, टिम डेबिडले अविजित ४२, इशान किसनले ३४ र नमन धिरले ३० रन बनाएका हुन् । 

 टिम– दक्षिण अफ्रिकाविरुद्ध वेस्ट इन्डिज
प्रतियोगिता– वेस्ट इन्डिज अफ्रिका टुर
रन– ५१७

दक्षिण अफ्रिकाले वेष्ट इन्डिजको भ्रमण गर्दा दोस्रो टी–२० मा ५१७ रन बनेको थियो । तर, यो खेल पूरा ४० ओभरको भएन । यद्यपि, दुवै इनिङ्समा समान एक सतक बनेको थिए । सन् २०२३ मार्च २६ सेन्चुरियनमा खेलिएको खेल मात्र ३८.५ ओभरमा भयो । जसमा ९ विकेट खसेका थिए । टस हारेर सुरुवाती ब्याटिङ गरेको वेष्ट इन्डिजले पाँच विकेट गुमाउँदै दुई सय ५८ रन बनायो ।

प्रत्युत्तरमा दक्षिण अफ्रिकाले चार विकेट गुमाएर १८.५ ओभरमा जित निकाल्यो । वेस्ट इन्डिजका जोनसन चार्लेसले ४६ बलमा ५ चौका र ४ छक्कासहित एक सय १८ रन बनाएका हुन् । ओपनर केली मायेरले २७ बलमा ५१ रन जोडेका हुन् । रोमारियो सेफर्डले ४१ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका ओपनर क्विन्टर डी ककले ४४ बलमा एक सय रन बनाए । अर्का ओपनर रीजा हेन्ड्रिक्सले ६८ रन जोडे । दुई खेलाडीले पहिलो विकेटका लागि १५२ रनको साझेदारी गरेपछि अफ्रिकाले सहज जित निकालेको थियो । 

 टिम– मुल्तान सुल्तानविरुद्ध क्वेटा ग्लाडिएटर्स
प्रतियोगिता– पाकिस्तान सुपर लिग
रन– ५१५

पाकिस्तान सुपर लिग २०२३ मा पाँच सय १५ रन बनेको छ । पाकिस्तान सुपर लिगमा बनेको यो सर्वाधिक रन हो । विश्व क्रिकेटको भने चोथो रह्यो । सुपर लिगको २८औँ खेलमा मुल्तान सुल्टानले क्वेटा ग्लाडिएटर्सलाई नौ रनले बनाउँदा यो कीर्तिमान बनेको थियो । ४० ओभर नै खेलिएको खेलमा ११ विकेट गएको थियो । रावलपिन्डीमा ११ मार्चमा टस हारेर ब्याटिङ गरेको मुल्टान सुल्टानले ओपनर उस्मान खानको शतकीय इनिङ्ससँगै तीन विकेट गुमाएर दुई सय ६२ रन बनाएको हो ।

प्रत्युत्तरमा क्वेटाले आठ विकेट गुमाएर मात्र दुई सय ५३ रन बनाउन सक्यो । मुल्टानका लागि उस्मानले ४३ बलमा १२ चौका र ९ छक्का प्रहार गरेका हुन् । मोहम्मद रिजवानले ५५ र टिम डेबिडले ४३ रन जोडे । पहिलो विकेटका लागि उस्मान र रिजवानले एक सय ५७ रनको साझेदारी गरेका हुन् । क्वेटाको लागि ओमाइर युसफलेले सर्वाधिक ६७, इफ्तिखर अहमेदले ५३ तथा मार्टिन गप्टिलले ३७ रनको योगदान गरेका हुन् । मुल्तानका अबास अफ्रिदी एक्लैले पाँच विकेट लिएका थिए ।  

 टिम– सुरेविरुद्ध मिडलसेक्स
प्रतियोगिता– भाइटालिटी ब्लाष्ट
रन– ५०६

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी)ले आयोजना गर्ने भाइटालिटी ब्लासट लिग २०२३ को सिजनको एकै खेलमा पाँच सय ६ रन बनेको थियो । ३९.२ ओभर खेल हुँदा दश विकेट झरेको थियो । द ओभलमा २२ जुनमा भएको खेलमा मिडल सेक्सले सुरेविरुद्ध ७ विकेटले जित निकाल्यो । सुरेले टस हारेर सुरुवाती ब्याटिङ गर्दै सात विकेट गुमाएर २५२ रन बनायो ।

प्रत्युत्तरमा मिडलसेक्सले १९.२ ओभरमा तीन विकेट गुमाउँदै दुई सय ५४ रन बनाएको हो । सुरेका लागि विल ज्याक्सले ४५ बलमा सर्वाधिक ९६ रन बनाए । ३७ बलमा लाउरी इभान्सले ८५ रनको योगदान गरेका हुन् । मिडलसेन्सका कप्तान तथा ओपनर स्टेफन इस्किनाजले ३९ बलमा ७३, म्याक्स होल्डेनले ३५ बमाल ६८ रन बनाएका हुन् । रायन हिगिन्सले ४८ रनको योगदान गरे । 
 

ad
ad