१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बुटवलका सहकारीपीडित आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:३७:oo

आफ्नो निक्षेप फिर्ताको माग गर्दै मंगलबार बुटवल प्रदर्शनमा उत्रिएका सुप्रिम सहकारीका बचतकर्ता । प्रदर्शनमा सहभागीले सहकारी ‘ठगी बन्द गर, दोषीलाई कारबाही गर, रगत–पसिनाको कमाइ ठगी गर्न पाइँदैन, बचत रकम फिर्ता गर’लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।

उनीहरूले सहकारी ठगीका आरोपी जिबी राई पक्राउ नपर्नुको कारण माग गरे । गृहमन्त्री रवि लामिछानेबारे पनि उनीहरूले प्रश्न उठाएका छन् । सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानबाट प्रक्रिया पूरा नगरी करोडौँ रकम हिनामिना भएको फेला परेको छ ।

सहकारीमा १० हजारभन्दा बढी बचतकर्ताको एक अर्बभन्दा पनि बढी बचत हिनामिना भएको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

ad
ad