१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ प्रशासनद्वारा ३५ दिनभित्र हातहतियार नवीकरण गर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:४४:oo

लमजुङ प्रशासनले हातहतियार लिएर नवीकरण नगरेकालाई ३५ दिनभित्र नवीकरण गर्न अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले आइतबारदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरिएको बताए। तोकिएको समयभित्र नवीकरण नभएमा वा बुझाउनुपर्ने हातहतियार नबुझाएमा कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।

प्रशासनका अनुसार इजाजतपत्र लिएका, तर पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण म्याद गुजार्नेको हकमा भने नवीकरण नहुने भएको छ। ती हातहतियार स्वतः अवैध भइसकेकाले त्यस्ता हातहतियार प्रशासन कार्यालयमा बुझाउन अनुरोध गरिएको छ। पाँच वर्षसम्म नवीकरण नगरेका हातहतियार बुझाउन पनि प्रशासनले ३५ दिनभित्र बुझाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार एक हजारभन्दा बढी नागरिकले विभिन्न समयमा हातहतियार राख्ने अनुमति लिएका छन्। यीमध्ये दुई सय ४५ वटा मात्रै नवीकरण छन्। 
 

ad
ad