१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अवैध सामानसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:२१:oo

प्रहरीले एकै दिन दुई लाख १० हजार मूल्यबराबरको अवैध सामान बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ र १६ बाट दुई लाख १० हजार मूल्य पर्ने अवैध सामान बरामद गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

भारतबाट अवैध रूपमा सामान ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फेला पारेको उनले बताए । सामानसहित दुईजनालाई समेत नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

डिएसपी डाँगीका अनुसार प्रहरीले लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान बरामद गरेको छ । अवैध सामान ओसार्न प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए । 

ad
ad