१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

इरानलाई संयमता अपनाउन विश्व समुदायको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:o७:oo

इरानलाई संयमता अपनाउन विश्व शक्ति राष्ट्रहरूले आह्वान गरेका छन् । इरानले इजरायलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व समुदायले यस्तो आह्वान गरेका हुन् । इजरायली सेनाले इरानको अधिकांश आक्रमणलाई विफल पारेको थियो । इजरायली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस क्षेत्रमा द्वन्द्वको आशंका बढेको छ ।

यसै महिनाको प्रारम्भमा दमास्कसमा एउटा घातक आक्रमणको प्रतिशोधमा तेहरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमण सम्पूर्ण क्षेत्रमा महिनौँसम्म भएको हिंसापछि भएको हो । उक्त हिंसामा इरानी ‘प्रोक्सी’ सहभागी थिए । इजरायलले युद्धग्रस्त गाजा क्षेत्रमा प्यालेस्टिनीहरूको समर्थनमा इरानले काम गरेको बताएको छ ।

इजरायली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हगारीले भने, ‘इरानको आक्रमणमा पनि हामीले गाजामा आफ्ना बन्धकलाई इरानका प्रोक्सी हमासबाट छुटाउन हाम्रो महŒवपूर्ण मिसनलाई एक पल पनि छाडेका छैनौँ ।’मध्यस्थकर्ताले अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको युद्धलाई रोक्न एउटा सम्झौतामा ध्यान दिएका वेला सुदूर दक्षिणी सहर रफाहमा सेना पठाउने इजरायली योजनामाथि आशंका बढेको बताएका छन् । रफाहमा गाजाका २४ लाख मानिसमध्ये अधिकांशले शरण लिएका छन् । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इस्लामिक गणतन्त्र इरानले इजरायलमाथि गरेको व्यापक आक्रमणको निन्दा गर्दै यसले गम्भीर तनाव निम्त्याएको बताएका छन् । मध्यपूर्वको तनावबाट आफू निकै चिन्तित बनेको गुटेरेसले बताएका छन् ।  मध्यपूर्वमा विभिन्न मोर्चामा ठूलो सैन्य मुठभेड निम्त्याउन सक्ने कुनै पनि कार्यबाट जोगिन उनले सबै पक्षलाई आह्वान गरेका छन् ।

ad
ad