१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख १७ सोमबार o८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ब्रह्मदेव र गड्डाचौकी नाका तीन दिनका लागि बन्द 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५७:oo

भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको कञ्चनपुरका दुई नाका तीन दिनका लागि बन्द हुने भएका छन् । उत्तराखण्ड चम्पावत जिल्लासँग जोडिएको कञ्चनपुरको ब्रह्मदेव र गड्डाचौकी नाका तीन दिनका लागि बन्द हुने भएका हुन् । 

भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले तीन दिनका लागि नाका बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । 

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले हस्ताक्षर गरेको सूचनामा १ वैशाख ७ अर्थात्  १९ अप्रिलमा हुने निर्वाचनका लागि ४ वैशाख बेलुका ५:१५ बजेदेखि ७ वैशाख मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमानाकाहरू पूर्ण बन्द हुने जनाइएको छ । यसबीचमा स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रूपमा बन्द रहनेछन् । जिल्लाकोे उत्तरी–पश्चिम नाका बन्द भए पनि दक्षिण–पूर्वी नाका दोधाराचाँदनीदेखि पुनर्वासम्मको क्षेत्रमा भने नाका बन्द नरहेको जनाइएको छ । 
 

ad
ad