१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पलेशाले रनिङ सिल्डमा दीप प्रज्वलन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:३४:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटनमा पारा तेक्वान्दोकी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्वलन गर्ने भएकी छिन् । दशरथ रंगशालामा मंगलबार प्रतियोगिताको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् ।

उद्घाटनअघि ओलम्पिक टर्चलाई ट्र्याकमा परिक्रमा गराइनेछ । टर्च परिक्रमा ओलम्पियन देबु थापा, कमलबहादुर अधिकारी र हरि रिमाल पनि सहभागी हुनेछन् । त्यसपछि पलेशाले ओलम्पिक दीप प्रज्वलन गर्ने कार्यक्रमको संयोजन दीपक विष्टले जनाएका छन् ।

चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटेगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसकेकी थिइन् । पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् ।

उनले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य जितेकी थिइन् । टोकियो पारा ओलम्पिक २०२० मा पनि पलेशाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ ।

ad
ad