१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौंं
२o८१ बैशाख १७ सोमबार o७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाको भिआइपी क्षेत्रको सडकमा ‘किप क्लियर’ नियम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:१८:oo

काठमाडौं उपत्यकमा सुरक्षा र ट्राफिक व्यवस्थापनका दृष्टिकोणले अति संवेदनशील सडकमा ट्राफिक प्रहरीले ‘किप क्लियर’को नियम लागू गरेको छ । शीतलनिवास, प्रधानमन्त्रीनिवास बालुवाटारको ३ नम्बर गेट, प्रहरी प्रधान कार्यालयको दक्षिण गेट र बानेश्वरको संसद् भवन सडकमा यस्तो नियम लागू गरिएको छ । 

नयाँ नियमअनुसार ती सडकखण्डमा सवारीसाधन रोक्न पाइँदैन । जाम भएको अवस्थामा समेत सो सडकखण्ड खाली राख्नुपर्ने नियम छ । नियम मिचेमा ट्राफिक प्रहरीले कारबाही गर्नेछ ।

ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि ‘किप क्लियर’ को नियम चार ठाउँमा सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । ‘ट्राफिक व्यवस्थापनमा यो अन्तर्राष्ट्रिय प्रयास हो,’ उनले भने, ‘हाम्रोमा पहिलोपटक सुरु गरिएको हो ।’ सो सडकमा ट्राफिक प्रहरीले ‘किप क्लियर’को संकेतसमेत राखिसकेको छ । आवश्यकअनुसार अन्य ठाउँमा पनि यो नियम लागू हुन सक्ने एसएसपी श्रेष्ठले बताए ।

माइतीघर, सिंहदरबार र पुतलीसडकमा ‘शून्य सहनशीलता’को नीति 
काठमाडौंको माइतीघर, सिंहदरबार र पुतलीसडक खण्डमा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ । सवारीसाधनको अत्यधिक चाप हुने भएकाले यी क्षेत्रमा अन्यत्रभन्दा थप कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए ।

जसअन्तर्गत सामान्य किसिमको ट्राफिक नियम उल्लंघनमा पनि कारबाही गरिने उनको भनाइ छ । हाल उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक सचेतना विशेष अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत सवारीको धेरै चाप हुने ठाउँमा नियम उल्लंघनविरुद्ध ट्राफिक प्रहरीले आक्रामक रणनीति कार्यान्वयन गरेको छ । 

ad
ad