१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हैदराबादले तोड्यो आफ्नै रेकर्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:१३:oo

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफैँले राखेको सर्वाधिक योगफलको रेकर्ड तोडेको छ । १७औँ आइपिएलअन्तर्गत ३०औँ खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध २० ओभरमा तीन विकेट गुमाएर दुई सय ८७ रनको विशाल योगफल खडा गरेको छ ।

आइपिएलमा हैदराबादले बैंग्लोरविरुद्ध जोडेको योगफल अहिलेसम्मकै सर्वाधिक ठूलो हो । यसै आइपिएलमै हैदरबादले मुम्बईविरुद्ध २७ मार्चमा २७७–३ कोको प्रदर्शन गरेको थियो । कोलकाता नाइट राइडर्स एकै इनिङ्समा धेरै रन बनाउने टोलीको सूचीमा दोस्रो स्थानमा छ । कोलकाताले चालू संस्करणमै दिल्ली क्यापिटल्सविरुद्ध २७२–७ को स्कोर खडा गरेको थियो । कोलकाता र दिल्लीबीच ३ अप्रिलमा खेल भएको थियो । 

हेडको शतकीय इनिङ्स
पहिलो ब्याटिङ गरेको हैदराबादले दरिलो ओपनिङ पायो । ओपनर अभिषेक शर्मा र टेभिस हेडले पहिलो विकेटका लागि ८.१ ओभरमा एक सय ८ रनको साझेदारी गरे । अभिषेकले २२ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३४ रनको योगदान दिए । त्यसपछि हेड र आडेन माक्रामले दोस्रो विकेटका लागि ४३ रन बनाए । हेडल ४१ बलमा आठ छक्का र नौ चौकाको सहयोगमा एक सय २ रन बनाए ।

उनी आउट हुँदा हैदरावाद १२.३ ओभरमा १६५–२ को निकै बलियो स्थितिमा थियो । हेडले २० बलमा ५० रन बनाएका थिए । उनले केवल ३९ बलमा शतकीय इनिङ्स खेले । आइपिएलमा कम बलमा शतक बनाउने उनी चौथो खेलाडी हुन् । हेनरिक क्लासेन तथा अब्दुल सामादले आक्रामक रूपमा खेले । उत्कृष्ट लयमा देखिएका हेनरिकले ३१ बलमा सात छक्का र दुई चौकाको सहयोगमा ६७ रन बनाए । माक्रामले १७ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३२ रन बनाए । सामादले १० बलमा तीन छक्का र चार चौका प्रहार गरी ३७ रन बटुलेका थिए । 

बैंग्लोर २५ रनले पराजित
१७औँ आइपिएलमा हैदराबादले बैंग्लोरलाई २५ रनले पराजित गरेको छ । आइपिएल इतिहासमै पहिलो ब्याटिङ गरी सर्वाधिक दुई सय ८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा सात विकेट गुमाएर दुई सय ६२ रनको योगफल खडा ग¥यो । बैंग्लोरले कप्तान फाफ डु प्लेसिस र विराट कोहलीले पहिलो विकेटका लागि ६.२ ओभरमा ८० रनको आक्रामक साझेदारी गरेका थिए । कोहलीले २० बलमा ४२ रन बनाए । प्लेसिसले २८ बलमा ६२ रन बटुले । त्यसपछि दिनेश कार्तिकले ३५ बलमा ८३ रन बटुल्दा बैंग्लोरले जितको आशा जीवितै राखेको थियो । कार्तिकले सात छक्का र पाँच चौका प्रहार गरे । लारोरले ११ बलमा १९ रन तथा अनुज रावतले १४ बलमा २५ रन बनाए । 

ad
ad