एसिसी टी–२० प्रिमियर कपमा तेस्रो जितको खोजीमा रहेको नेपाललाई वर्षा बाधक बनिरहेको छ।
ओमानस्थित अल अमिरात क्रिकेटमैदानमा वर्षा बाधक बनेको छ। अहिले पानी पर्न रोकिए पनि मैदान भिजेकाले टस सुरु हुन सकेको छैन । नेपाली समयअनुसार पौने १२ बजेबाट सुरु हुने खेलका लागि साढे ११ बजे नै टस हुनुपर्ने थियो।
जारी प्रतियोगितामा अहिलेसम्म नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। समूह ‘ए’मा रहेको नेपाल यसअघि खेलेका दुई खेल जित्दै चार अंकसहित शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट तथा दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।