१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक वर्षमै बेच्यो शिवमले १३ करोड ३१ लाख बोरा सिमेन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:o६:oo

शिवम् सिमेन्ट सर्वाधिक बिक्री हुने सिमेन्ट बनेको छ । कम्पनीले एक वर्षमा १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट बिक्री गरी सर्वाधिक बिक्री हुने सिमेन्ट बन्न सफल भएको कम्पनीको दाबी छ । 

अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुनढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । त्यस्तै, सर्वसाधारणका लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनीसमेत हो । कम्पनीले ४३ र ५३ ग्रेडमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी भएको बताइएको छ । 

सन् २००३ मा मध्य–नेपालको हेटाँैडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुंगाको प्रयोग गरी दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । 

ad
ad