१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सट्टेबाजीको रकम क्रिप्टोमार्फत भुक्तानी : मुख्य तीन एजेन्ट पक्राउ, दुई वर्षमा ५७ करोडको कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:२८:oo

प्रतिबन्धित अनलाइन सट्टेबाज ‘वान एक्स बेट’मार्फत संकलित रकम क्रिप्टोमार्फत भुक्तानी हुने गरेको खुलेको छ । बेटका मुख्य तीन एजेन्ट पक्राउ परेपछि यो तथ्य खुलेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मुख्य एजेन्ट सर्लाही मलंगवा नगरपालिका– ९ का ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र मलंगवा नगरपालिका– १० का ३० वर्षीय राकेश चौधरीलाई पक्राउ गरेको छ ।

उनीहरूले मलंगवामै बसेर नेपालीलाई सट्टेबाजमा सहभागी गराउँदै आएका थिए । विशेष गरी अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने क्रिकेट र फुटबल खेलमा उनीहरूले सट्टेबाजी खेलाउँदै आएका थिए । उनीहरूले दुई वर्षदेखि नेपालमा बेटमार्फत अनलाइन जुवा खेलाउँदै आएको र यसको भुक्तानी क्रिप्टोमार्फत गर्दै आएका थिए । 

अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले पक्राउ परेकाले दुई वर्षदेखि अनलाइनमार्फत सट्टेबाज खेलाउँदै आएको र यसको भुक्तानी क्रिप्टोमार्फत गर्ने गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए । ‘नेपालमा बसेर अनलाइन जुवा खेलाउनेमध्ये तीन एजेन्ट पक्राउ परेका छन् । उनीहरूले दुई वर्षदेखि अनलाइनमार्फत सट्टेबाजी खेलाउँदै आएको र भुक्तानी क्रिप्टोमार्फत हुने गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सञ्जयकुमार बेटका मुख्य एजेन्ट हुन् । रामजी र राकेशले उनीमातहत रहेर काम गर्दै आएका थिए । सट्टेबाजीबाट प्राप्त रकम संकलनका लागि उनीहरूले विभिन्न बैंकमा ९८ वटा खाता खोलेका थिए । सट्टेबाजी खेलाउन विभिन्न २१ मोबाइलबाट कनेक्ट आइपिएस खाता खोलेका थिए ।

दुई वर्षमा उनीहरूले ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ कारोबार गरेको अनुसन्धानबाट खुलेको छ । सोही रकम क्रिप्टोेमा बदली बेटको विदेशस्थित एजेन्टलाई पठाउने गरेको प्रहरीको भनाइ छ । कार्यालयका प्रवक्ता एसपी रेग्मीले भने, ‘कारोबार गर्न यिनीहरूले ९८ वटा बैंक खाता खोलेको देखिन्छ ।

२१ वटा मोबाइलबाट त कनेक्ट आइपिएस खाता नै खालेका देखिन्छ । दुई वर्षको अवधिमा यिनीहरूले ५७ करोडभन्दा धेरैको कारोबार गरेका छन् । सोही रकम क्रिप्टोमा बदली विदेशस्थित एजेन्टलाई पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।’ प्रहरीका अनुसार सट्टेबाजमा सहभागी भएबापत यिनीहरूले सात प्रतिशत कमिसन प्राप्त गर्थे । बाँकी रकम भने यिनीहरूले विदेशस्थित बेटका एजेन्टलाई पठाइदिन्थे । यसका लागि यिनीहरूले क्रिप्टो प्रयोग गर्थे । 

ad
ad