१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

जनप्रगतिशील मञ्च साउदीको अध्यक्षमा वाग्ले निर्विरोध निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:२७:oo

नेकपा माओवादी केन्द्रनिकट प्रवासी नेपालीहरूको संगठन नेपाली जनप्रगतिशील मञ्च साउदी अरबको अध्यक्षमा रामचन्द्र वाग्ले निर्वाचित भएका छन् । छैटाैँ अधिवेशनबाट अध्यक्षमा वाग्लेसहितकाे ४३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

साउदी अरबको दमाममा आयोजित अधिवेशनवाट पाँचजना उपाध्यक्षमा बबिता भण्डारी, हरि बुढाथोकी, राजन खड्का, शहवाज हैदर, गंगा गोदार निर्वाचित भएका छन् । महासचिवमा वासुदेव सापकोटा, पाँचजना सचिवमा युनिक तामाङ, सीताराम रिमाल, विपिन शर्मा निरौला, दीपेन्द्र खत्री र हरिभक्त मगराती निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, कोषध्यक्षमा सुजन पुडासैनी, सहकोषध्यक्षमा तारा सेन्चुरी, प्रवक्तामा भक्त कार्की निर्वाचित भएका छन् । सदस्यहरूमा सन्तोष  देवकोटा, रमेश लाम्घाते, वीरमान घलान र गोविन्द ओलीलगायत रहेका छन् । अधिवेशनको पूर्वऊर्जामन्त्री एवं माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले उद्घाटन गरेकी थिइन् ।

अधिवेशनमा पूर्वसञ्चारमन्त्री एवं माओवादी केन्द्रका सचिव राम कार्की, एनआरएन मध्य पूर्वसंयोजक राजेन्द्र अर्याल र साउदी अध्यक्ष रविना अर्याल, नेपाली दूतावास रियादका उपनियोग प्रमुख (डिसिएम) डा. डमरुबल्लभ पौडेल, नेपाली जनप्रगतिशील मञ्च कतार, ओमान, दुबई, युरोप( बेल्जियम)का प्रतिनिधि र साउदी अरबमा रहेको विभिन्न संघसंस्थाका पदाधिकारीको सहभागिता रहेको थियो ।

ad
ad