१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमले ल्यायो भ्वाइस र डेटामा ‘स्प्रिङ अफर’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:o६:oo

नेपाल टेलिकमले ‘स्प्रिङ अफर–२०८०’ योजना ल्याएको छ । कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डेटा प्याकेज सञ्चालनमा ल्याएको जनाएको छ । यो योजना ३० चैत ०८० देखि लागू भइसकेको छ । 

यस योजनाअन्तर्गत १८ रुपैयाँमा २५ मिनेट र ३५ रुपैयाँमा दुई घण्टासम्म सबै नेटवर्कमा कुराकानी गर्न सकिनेछ । साथै, नयाँ भ्वाइस प्याकेजअन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिनसम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४ सय मिनेट अल नेट भ्वाइस प्याक पाँच सय ९९ रुपैयाँमा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । 

त्यस्तै, नयाँ डेटा प्याकेजअन्तर्गत २४ रुपैयाँमा एक घण्टा भ्वाइस र डेटा उपलब्ध हुनेछ । त्यसैगरी, २० रुपैयाँमा एक दिनका लागि ६ सय एमबी डे डेटा प्याक र ८० रुपैयाँमा तीन दिनसम्म चलाउन सकिने तथा १०९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने तीन जिबी डेटा प्याक उपलब्ध हुने बताइएको छ । यीबाहेक तीन सय ९९ रुपैयाँमा २८ दिनसम्म चलाउन सकिने १३ जिबी डेटा प्याकसमेत खरिद गर्न सकिनेछ । 

जिएसएम टुजी वा थ्रिजी सिम प्रयोगकर्तालाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसरी टुजी वा थ्रिजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा तीन जिबी डेटा, सय मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुने बताइएको छ ।
 

ad
ad