१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार ११:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा थप ब्याज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:oo:oo

कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’मार्फत मुद्दती खाता खोल्दा दिँदै आइएको ब्याजदरमा थप ०.१५ प्रतिशत ब्याज पाउने भएका छन् । 
साथै, सो एपमार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिँदा लिदा ०.२५ प्रतिशत छुटसमेत दिइने बैंकले जनाएको छ । 

कुमारी स्मार्टमार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै लिन सकिने बताइएको छ । यस्तो प्रकारको मुद्दती खाता खोल्न र मुद्दती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि कागजी प्रक्रिया आवश्यक पर्नेछैन । 

साथै, मोबाइल बैंकिङ एपमार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने पनि बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकले तीनदेखि ६ महिनाको अवधिका लागि कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा ६.६६ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । त्यस्तै, ६ महिनादेखि एक वर्षमुनि ७.१५ प्रतिशत र एक वर्षदेखि माथिको अवधिमा ७.२६ प्रतिशत ब्याज दिइने बताइएको छ । 

आइफोन–१५ जित्ने मौका
त्यसैगरी, बैंकले एफवान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१, जितौँ आइफोन–१५ एक्कासि’ योजना पनि सुचारु गरेको छ । ग्राहकले बैंकको एप प्रयोग गरी पाँच सय रुपैयाँको टपअप या कुनै एउटा डेटा प्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले नयाँ आइफोन–१५ जित्न सक्ने बैंकले जनाएको छ । 
यस अभियानमा सहभागी हुन ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् । यो योजना १ देखि ३१ वैशाखसम्म रहेको छ । 

ad
ad