१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हाफ म्याराथन उपाधि आर्मीका श्रेष्ठलाई 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:२o:oo

त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले शनिबार दोस्रो लेखनाथ हाफ म्याराथनको उपाधि हात पारेका छन् । पोखरामा नयाँ वर्ष ०८१ को अवसर भएको २१ किलोमिटरको दूरीको हाफ म्याराथनको विजेता बनन्न श्रेष्ठले एक घन्टा चार मिनेट ४७ सेकेन्ड लगाए । उनले ६० हजार रुपैयाँ जितेका छन् । म्याराथनमा विभागीय खेलाडीहरूले वर्चस्व राखे । एपिएफका किरण बोगटी एक घन्टा ६ मिनेट ३३ सेकेन्डका साथ उपविजेता बने । साबिक विजेता आर्मीका रामजी बस्नेतले एक घन्टा नौ मिनेट २९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान रक्षा गरे । 

२०, एक घन्टा नौ मिनेट ४९ सेकेन्डका साथ एपिएफका खिमबहादुर खत्री चोथो भए । एक घन्टा १० मिनेट ४१ सेकेन्ड लगाएका आर्मीका प्रताप खड्का पाँचौँ भए । म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये चेतना चालिसे पोखरेलीबीच प्रथम भए । उनले एक घन्टा ३४ मिनेटमा पूरा गरेका थिए । 

१० किमिमा राई पहिलो
प्रतियोगिताअन्र्तगत १० किलोमिटर पुरुष दौडमा आर्मीका श्रीकश राई पहिलो भएका छन् । सुवास कार्की दोस्रो र गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो भएका छन् । यसै विधाको महिलातर्फ आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले उपाधि हात पारेका छन् । पुलिस क्लबकी राममाया बुढा दोस्रो र आर्मीकी सिर्जना पाण्डे तेस्रो भएको आयोजकले जनाएको छ । महिला र पुरुषतर्फका विजेताले समान ३० हजार रुपैयाँ पाएका छन् । उपविजेताले २० हजार र तेस्रो भएका खेलाडीले १० हजार रुपैयाँ हात पार । यसैगरी, भेट्रान्सतर्फ पाँच किलोमिटर दौडमा काठमाडौंका धर्म महर्जन पहिलो भए ।

विद्यालयतर्फको पाँच किलोमिटर दौडअन्तर्गत छात्रमा कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की पहिलो भएका छन् । छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक पहिलो स्थानमा रहिन् । विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाए । प्रतियोगितामा ६ विधामा चार सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजयी खेलाडीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पुरस्कृत गरेका छन् । 

ad
ad