१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o७:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसिसी प्रिमियर कप : दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको दोस्रो जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:२५:oo

मध्यक्रमका दीपेन्द्रले २१ बलमा ६४ रन तथा बलिङमा ३४ रन खर्चेर दुई विकेट हात पारेपछि नेपाल कतारविरुद्ध ३२ रनले विजयी

दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनको मद्दतमा नेपालले शनिबार दोस्रो एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कतारलाई ३२ रनले हराएको छ । समूह ‘ए’मा लगातार दोस्रो जितसँगै नेपालले दुई अंक जोडेको छ । ओमानको अल इमरातमा टस हारी ब्याटिङ गरेको नेपालले २० ओभरमा दुई सय १० रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा कतारले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रन बनाएको थियो । नेपालको सानदार जितमा मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंहले २१ बलमा ६४ रन तथा बलिङमा ३४ रन खर्चेर दुई विकेट हात पारेका थिए । उनी खेलका म्यान अफ दी म्याच भए ।

शीर्ष र मध्य ब्याटिङ बलियो
कतारविरुद्धको ब्याटिङमा नेपालको पहिलोदेखि पाँचौँ क्रमका ब्याट्सम्यान चम्किए । सुरुवात गतिलो नभए पनि लगातार साझेदारीका कारण नेपालले कतारसमक्ष बलियो योगफल प्रस्तुत गर्न सफल भएको हो । ओपनर कुशल भुर्तेल र आसिफ सेखले २.५ ओभरमा१८ रनको साझेदारी गरेका थिए । अमिर फारुकले भुर्तेललाई १२ रनमा क्याच आउँट गराए । सेख र कप्तान रोहितकुमार पौडेलबीच दोस्रो विकेटका लागि ४९ रनको साझेदारी भएको थियो । रोहितले १७ बलमा तीन चौकाको सहयोगमा १८ रन जोडे । त्यसपछि सेख र कुशल मल्लबीच तेस्रो विकेटका लागि ५३ रनको साझेदारी भएको थियो । 

आक्रामक रूपमा ब्याटिङ गरिरहेका कुशलले १८ बलमा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन जोडे । उनी मुसावर साहको ओभरमा क्याच आउट भएका थिए । उनी आउट हुँदा नेपाल १३.५ ओभरमा १२०–३ को स्थितिमा थियो । सेखले आफ्नो विकेट १४.२ ओभरमा गुमाए । उनले ४१ बलमा ५२ रनको योगदान दिए । यसक्रममा उनले ६ चौका प्रहार गरेका थिए । 

अन्तिम ओभरमा ३६ रन
नेपालका आठौँ क्रमका खेलाडी विकेट यादव आउट हुँदा नेपाल १८.६ ओभरमा १७४÷७ को बलियो स्थितिमा थियो । इनिङ्सकै अन्तिम ओभरमा दीपेन्द्रसिंहले विस्फोटक ब्याटिङ गरे । उनले कतारका कमरान खानले फ्याँकेको ६ बलमै छक्का प्रहार गरी नेपालको स्कोरलाई दुई सय रन पार गराए । दीपेन्द्रसिंहलाई साथ दिन आएका सोमपाल कामीले एक बल सामना गर्न पाएनन् । तर उनी र दीपेन्द्रसिंहबीच आठौँ विकेटका लागि ६ बलमा ३६ रनको साझेदारी भयो । बलिङमा मुसावर साहले चार ओभरमा ४३ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । हिंमाशुले चार ओभरमा २६ रन खर्चदै तीन विकेट हात पारे । 

कप्तान तन्भिरको अर्धशतक
लक्ष्य पछ्याएको कतारको ब्याटिङमा कप्तान तम्भिरले मात्र अर्धशतकीय इनिङ्स खेले । कतारले इनिङ्सको १.१ ओभरमै पहिलो विकेट गुमाएको थियो । ललित राजवंशीले आप्mनो ओभरको पहिलो बलमै कतराका ओपनर सक्लिन अर्सदलाई विकेकबाट क्याच आउट गराए । मोहमद अनाफ र कमरान खानले दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे । अनाफले १८ बलमा चार चौकाको सहयोगमा २३ रन जोडे । ओपनर कमरान ६.६ ओभरमा गुल्सन झाबाट बोल्ड भए । उनले १३ बलमा समान एक चौका र छक्का प्रहार गरी १८ रन जोडे । 

कतारले निरन्तर रूपमा विकेट गुमाइरहँदा कप्तान तन्भिरले नेपाली बलरविरुद्ध डटेर सामना गरिरहेका थिए । उनले आक्रामक रूपमा ब्याटिङ गरिरहँदा एक समय नेपाली बलर दबाबमा देखिन्थे । इनिङ्सको १४.१ ओभरमा नेपालका लागि डरलाग्दो देखिएका तम्भिरलाई अभिनाश बोहराले पेभेलियनको बाटो देखाए । तम्भिर भुर्तेलबाट क्याच आउट हुनुअघि ३३ बलमा ६३ रनको योगदान दिए । उनले ६ चौका र चार छक्का प्रहार गरे । 

कतारको ब्याटिङमा हिंमाशु अन्तिमसम्म नटआउट रहँदै १८ बलमा २२ रन जोडे । हिंमाशुले अदान मिजासँग नवौँ विकेटका लागि २२ रन जोडे । मिजाले आठ बलमा चार चौकाको सहयोगमा १९ रन बनाए । बलिङमा नेपालका लागि ललितले चार ओभरमा २३ रन खर्चेर दुई विकेट हात पारे । दीपेन्द्रसिंह र गुल्सन झाले समान दुई विकेट हात पारे । झाले २४ रन खर्चेका थिए । कुशल मल्लले २९ रनमा एक तथा अविनाश बोहोराले ३९ रन खर्चदै समान एक विकेट हात पारे । 

युएई, कुवेत र मलेसिया विजयी
प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र मलेसियाले जित निकालेका छन् । युएईले बहराइनलाई ३७ रनले हरायो । युएईले प्रस्तुत गरेको २३७ रन पछ्याएको बहराइनले आठ विकेट गुमाएर १९९ रन बनाएको थियो । समूह ‘बी’मा युएई लगातार दोस्रो जित निकाल्न सफल भएको छ । समूह ‘ए’मा मलेसियाले साउदी अरेबियालाई १२ रनले हरायो । मलेसियाले प्रस्तुत गरेको एक सय ४७ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले १९.१ ओभरमा अल आउट हुँदा मात्र एक सय ३४ रन बनाएको हो । कुवेतले कम्बोडियालाई आठ विकेटले हरायो । 

ad
ad