१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १८:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हेटौँडाको सहिद स्मारक अब राति १० बजेसम्म खुल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:३९:oo

राजनीतिक पर्यटन क्षेत्रको रूपमा विकास भइरहेको मकवानपुरको हेटौँडामा रहेको सहिद स्मारक अब राति १० बजेसम्म खुला रहने भएको छ। हेटौँडा–११ नवलपुरमा रहेको सहिद स्मारक नयाँ वर्ष २०८१ सालबाट राति १० बजेसम्म खुला गर्न थालिएको हो।

स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले सामान्यतया बिदाका दिन र पर्यटकको चाप भएका दिन साँझ ६-७ बजेसम्म खुला रहने गरेको सहिद स्मारक नयाँ वर्षबाट भने बिहान ६ बजेदेखि राति १० बजेसम्म खुला रहने जानकारी दिए।

उनले स्मारकमा थप संरचना निर्माणसँगै बत्ती जडानपछि आकर्षक देखिएको बताउँदै पर्यटकको मागलाई ध्यानमा राखी स्मारकपरिसर राति १० बजेसम्म खुला राख्ने निर्णय गरिएको जानकारी दिए। स्मारकमा थप संरचनासँगै नयाँ बत्ती जडान र सुरक्षाको व्यवस्था पनि गरिएको प्रमुख न्यौपानेले बताए।

हेटौँडा उपमहानगरपालिका– ११ स्थित स्मारकमा नयाँ वर्षमा घुम्न र रमाइलो गर्न आउनेको घुइँचो लाग्ने गरेको छ। नयाँ वर्षसँगै विभिन्न अवसरहरूमा नयाँ-नयाँ गन्तव्यमा जाने, रमाइलो गर्ने पिकनिक मनाउने, अध्ययन र अवलोकनका लागि आउनेहरूका कारण पछिल्लो वर्षहरूमा सहिद स्मारकमा भिड बढ्दै गएको हो।

सहिद स्मारकमा राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गरेका सहिदहरूको प्रतीकस्वरूप बाह्र सहिदका आकृति २५ टनको एउटै शिलामा कुँदिएको छ।

यस्तै, चारजना प्रजातान्त्रिक योद्धाहरू विपी कोइराला, पुष्पलाल श्रेष्ठ,  गणेशमान सिंह, मनमोहन अधिकारीको पूर्णकदको सालिकसहितको प्रजातान्त्रिक पार्क, पर्यटकीय सूचना केन्द्र, सहिद ग्यालरी, उद्यान, सहिद स्मृति स्तम्भ, नमुना चिडियाघर, मदनबाटिका, बालउद्यान, पौडी पोखरी, पानी फोहरा, झोलुंगे पुल, जिप साइक्लिङ आदि यहाँका आकर्षण हुन्।
 

ad
ad