१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:४५:oo

द्वन्द्वग्रस्त देशहरू रुस र युक्रेनमा श्रमका लागि नेपालीलाई जान सरकारले रोक लगाउने निर्णय गरेको छ । दुवै देशमा विभिन्न कामका लागि श्रम स्वीकृति लिएर जाने, तर सुरक्षा निकायमा भर्ना गरी युद्धमा पठाउने घटना बढ्न थालेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै श्रम स्वीकृति स्थगन गरिएको जनाएको हो ।

रुसको सेनामा भर्ती भएका नेपालीलाई युद्धमा पठाएका कारण धेरैको मृत्यु भइसकेको छ भने  त्यहाँ कार्यरत अन्य नेपाली पनि सुरक्षित नभएको रिपोर्टहरू सार्वजनिक हुने गरेका छन् । त्यसैले रुस र युक्रेनमा थप नेपाली जाने बाटो तत्काललाई रोकिएको मन्त्रालयले जनाएको छ ।

‘रुस र युक्रेनबाट वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देशहरूका सेनामा सहभागी हुन सक्ने सम्भावना रहेको र सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिमसमेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेन जाने नेपाली कामदारका लागि पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

 

 

 

ad
ad