१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एपिएफको जितसँगै जितपुरसिमरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:oo:oo

तीव्र हावाका कारण बिहीबार स्थगित भएको जगदम्बा स्टिल १४औँ जितपुरसिमरा गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ।

शुक्रबार बिहान सिमरा रंगशालामा एपिएफ र फ्रेन्ड्स क्लबबीच निर्धारित समयको बाँकी ३२ मिनेटको खेल भएको थियो। खेल चलिरहेका वेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले बिहीबार साँझ ५८ मिनेटपछिको खेल स्थगित गरी शुक्रबार बिहान बाँकी खेल गर्ने निर्णय लिएका थिए।

५८औँ मिनेटबाट पुनः सञ्चालन भएको खेलको ७३औँ मिनेटमा एपिएफका बुद्धिमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए। अनिश महर्जनको कटब्याकमा बुद्धिमान राईले पेनाल्टी बक्सबाहिरबाटै सशक्त प्रहार गरेका थिए। बुद्धिमानको प्रहार गोलमा परिणत हुँदा फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै प्रयास गर्न पाएनन्।

१–० ले पछि परेको फ्रेन्ड्स सम्हालिन नपाउँदै अनन्त तामाङको आत्मघाती गोलमा एपिएफले अग्रता दोब्बर बनायो। एपिएफका अनिश महर्जनको प्रहार क्लियर गर्न खोज्दा अनन्तको खुट्टामा लागेर बल गोलमा परिणत भएको थियो।

एपिएफको जितसँगै जितपुरसिमरा गोल्डकपको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ। फाइनल प्रवेशका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग शनिबार हुने सेमिफाइनल खेल्नेछ। शुक्रबार साँझ मच्छिन्द्र क्लब र सिराहाको सलहेश युवा क्लबबीच पहिलो सेमिफाइनल खेल हुँदै छ।

खेलको म्यान अफ दी म्याच एपिएफका बुद्धिमान राई घोषित भए। उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार नगदसहित ट्रफी प्राप्त गरे। 

ad
ad