१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १o:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘सिद्धार्थ सडक खाना महोत्सव’को तयारी पूरा

आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन मुख्य उद्देश्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:५७:oo

नयाँ वर्ष ०८१ को स्वागतार्थ भैरहवामा सञ्चालन हुन लागेको ‘सिद्धार्थ सडक खाना महोत्सव– २०८०’ को तयारी पूरा भएको छ । होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजना तथा विभिन्न संघ–संस्थाको समन्वयमा हुन लागेको सडक खाना महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संगठनका अध्यक्ष रामप्रसाद पोखरेलले जानकारी दिए । भैरहवाको आँखा अस्पताल रोडमा हुन लागेको सडक खाना महोत्सवमा विभिन्न प्रकारका खानाका परिकारसँगै सांगीतिक कार्यक्रम पनि हुने अध्यक्ष पोखरेलले बताए । 

आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८०’ का संयोजक पीताम्बर न्यौपानेले बताए । ‘सडक खाना महोत्सवमा विभिन्न स्थानीय खानाको परिकारसँगै तारे होटेलसम्मका स्वाद सडकमा रहेको ६० वटा बढी स्टलबाट लिन सकिने व्यवस्था मिलाएका छौँ,’ संयोजक न्यौपानेले भने ।

यसअगाडिका वर्षहरूमा बेलहिया–बुटवल ६ लेन सडक खण्डअन्तर्गत देवकोटाचोकदेखि बसपार्क क्षेत्रसम्म सडक खाना महोत्सव आयोजना हुँदै आए पनि यसपटक सिद्धार्थ क्रिकेट रंगशालासँगै जोडिएको सडकमा महोत्सव आयोजना हुने संयोजक न्यौपानेले बताए । कार्यक्रमलाई प्रभावकारी बनाउन र ट्राफिक व्यवस्थापनलाई पनि सहज बनाउन यसपटक स्थान परिवर्तन गरिएको उनले बताए । 

आज साँझ ६ बजेबाट सुरु हुने सडक खाना महोत्सवमा सांस्कृतिक कार्यक्रमअन्तर्गत, नृत्य, डिजेलगायत रहेको महोत्सवका सहआयोजक मदिरा व्यवसायी संघका अध्यक्ष केशव ज्ञवालीले बताए । विगतका वर्षहरूको अनुभवका आधारमा १० हजारभन्दा बढीको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । 

खाना महोत्सवमा २०८० सिद्धार्थनगर नगरपालिका र मदिरा व्यवसायी संघ, भैरहवा रुपन्देही सहआयोजक रहेका छन् । त्यसैगरी, प्रायोजकमा गोर्खा ब्रुअरी इन्डस्ट्रिज प्रालि, सहप्रायोजकमा जावलाखेल इन्डस्ट्रिज प्रालि, प्रवद्र्धकमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय–पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप, काठमाडौं, पर्यटन डिभिजन कार्यालय, भैरहवा, रुपन्देही रहेका छन् । 

त्यसैगरी, संरक्षक संस्थामा उद्योग व्यापार संगठन रुपन्देही, होटेल व्यवसायी महासंघ, नेपाल, होटेल व्यवसायी महासंघ, लुम्बिनी प्रदेश, सल्लाहकार संस्थामा सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवा रुपन्देही, सिद्धार्थ सञ्जाल, रुपन्देही रहेका छन् । त्यसैगरी, सहयोगी संस्थाहरूमा नाटा लुम्बिनी प्रदेश, सिद्धार्थ होटेल एसोसिएसन (सान), लुम्बिनी होटेल संघ, रुपन्देही , लुम्बिनी प्रेस क्लब, भैरहवा , सोट्टो नेपाल रुपन्देही, लुम्बिनी मनि चेन्जर संघ रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रालि रुपन्देही, सिद्धार्थ यातायात प्रालि रुपन्देही, आस्था महिला उद्यमी संघ, भैरहवा, डिपी स्टुडियो र युनिक साउन्ड सिस्टम रहेका छन् ।

ad
ad