१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार २२:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

धादिङ चेम्बर अफ कमर्सको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ  पुनः निर्वाचित  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २२:३o:oo

धादिङ चेम्बर अफ कमर्सको अध्यक्षमा गोविन्दकुमार श्रेष्ठ पुनः निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठ धादिङमा चेम्बर अफ कमर्शको संस्थापक तथा तदर्थ समितिका अध्यक्ष हुन् । 

बिहीबार धादिङको सदरमुकाम धादिङबेसीमा भएको चेम्बर अफ कमर्श धादिङको प्रथम साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको हो । 

साधारणसभाबाट समितिको उपाध्यक्षमा श्रवण त्रिपाठी र सदस्यहरुमा विनोद भण्डारी, सुरेन्द्रकुमार श्रेष्ठ, अर्मत थापा, सन्दीप घिमिरे, नीरञ्जन कँडेल, किस्मत अधिकारी, गकुलप्रसाद रुवाली, कुमारबहादुर बुढाथोकी, शरणकुमार श्रेष्ठ, उर्मिलादेवी कार्की र केशवप्रसाद थपलिया निर्वाचित भएका छन् । 

अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष श्रेष्ठले आर्थिक संकटले थलिएको धादिङको उद्योग व्यवसायको क्षेत्र सुधार गर्न कार्य योजना बनाएर अघि बढ्ने बताएका छन् । 

चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्वृद्धि तथा अन्य व्यावसायिक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको पनि श्रेष्ठले बताए । मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने श्रेष्ठको भनाइ छ । 

ad
ad