१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

च्याउ टिप्न गएका तीन बालक डढेलोमा परेर गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:२४:oo

डोल्पामा च्याउ टिप्न गएका तीन बालक डढेलोमा परेर गम्भीर घाइते भएका छन्। च्याउ टिप्न गएका १०, १२ र १३ वर्षका बालकहरू घाइते भएका हुन्।

त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर बालकहरू घाइते भएकाे डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।

घरनजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न जाँदा बिहीबार दिउँसो बालकहरू डढेलोमा परेका हुन्। उनीहरूको पूरै शरीर जलेको छ।

गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पताल दुनै ल्याइएकोमा उपचार सम्भव नभएको भन्दै हेलिकोप्टरबाट नेपालगन्ज ल्याउने तयारी भइरहेको जनाइएको छ। तर, मौसम खराबीका कारण हेलिकोप्टर आउन नसकेको प्रजिअ दाहालले बताए।

ad
ad