१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल प्याज हेर्दै ।
२o८१ बैशाख १७ सोमबार o९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

दक्षिण कोरियामा प्याज कसरी बन्यो मुख्य चुनावी मुद्दा ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:o९:oo

दक्षिण कोरियामा भर्खरै सम्पन्न संसदीय चुनावको मुख्य बहसको विषय थियो, हरियो प्याज । यस मुद्दाले देशमा सधैँ महत्वपूर्ण मुद्दा रहने परराष्ट्र नीति र अर्थव्यवस्थासमेत ओझेलमा परे । हरियो प्याजको बहस यति चर्कियो कि मतदान प्रक्रिया अवरुद्ध हुन सक्ने चिन्ताका कारण मतदान केन्द्रमा तिनलाई लान प्रतिबन्ध लगाइएको थियो । यो निर्णय आफैँमा मतदाता र निर्वाचन अधिकारीबीच बहसको विषय बन्यो । 

हरियो प्याजको बहस मार्च १८ बाट सुरु भएको थियो । त्यस दिन दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल आम उपभोग्य वस्तुको मूल्य बुझ्न राजधानी सियोलको एउटा किराना पसल पुगेका थिए । पसलमा राखिएको हरियो प्याजको एक बन्डलको मूल्य सोध्दा पसलेले ८७५ ओन (०.६५ अमेरिकी डलर) जवाफ दिए । त्यति मूल्य उचित भएको युनले प्रतिक्रिया दिएका थिए । स्थानीय मिडियाले पछि पसलले राष्ट्रपतिलाई प्याजमा छुट दिएको खुलासा गर्‍यो । यसपछि राष्ट्रपतिलाई प्याजको समेत मूल्य थाहा नभएको, उनी आममानिसको चासोका विषयमा बेखबर रहेको भन्ने विषयले चर्चा पाउन सुरु गर्‍यो । 

अनलाइनमा आलोचनाका रूपमा सुरु भएको यो मुद्दालाई विपक्षीले टिपेपछि यसले थप व्यापकता पायो । प्रतिपक्षीले राष्ट्रपति जनताको चासोको विषयबाट बेखबर रहेको जनाउन हरियो प्याजलाई प्रतीकको रूपमा प्रयोग गर्न थाल्यो । चुनावका लागि केही दिनअघि खुलाइने प्रारम्भिक मतदानमा मत हाल्नेहरूले मत केन्द्रसँगै हरियो प्याज बोकेको तस्बिर पनि सामाजिक सञ्जालमा राख्न थाले ।

हरियो प्याज ८७५ओन भन्ने ह्यासट्यागमा पोस्टको बाढी आउन थाल्यो । त्यसपछि देशको राष्ट्रिय निर्वाचन आयोग (एनइसी)ले कुनै मतदान केन्द्रमा हरियो प्याज निषेधको घोषणा गर्‍यो । एनइसीको निर्णय अनलाइन उपहासको विषय बन्यो । सामाजिक सञ्जालमा प्याजका मिम्सहरू भाइरल हुन थाले । मतदाताको एक समूहले चुनावको दिन हरियो प्याजले बनेको हेडब्यान्ड लगाएर मतदान गर्ने घोषणा गर्दै एनइसीको प्रतिबन्धलाई विरोध गर्न थाले । तिनले निर्णय निर्वाचन आयोगको मनोमानी र अपमानजनक भएको भन्दै आलोचना गरे ।  

यस चुनावमा हरियो प्याज राजनीतिक प्रतिबन्धविरुद्धको प्रतिरोधको प्रतीक बनेको विश्लेषकहरूको ठम्याइ छ । हरियो प्याज गाथाले राजनीतिक प्रतीकात्मकता र दैनिक जीवनको अन्तरसम्बन्धलाई समेत प्रकाश पारेको चर्चा सुरु भएको छ । एउटा खाद्यान्नले समेत चुनावको समयमा देशव्यापी बहस सुरु गर्न सक्ने यस घटनाले चित्रण गर्छ । 

ad
ad