१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालको पहिलो खेल मलेसियासँग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:५५:oo

उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ । प्रतियोगिता ३० चैतबाट ओमानमा आयोजना हुँदै छ । प्रतियोगिताका लागि आयोजक एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले सहभागी सबै टोलीको घोषणा गरिसकेको छ । नेपालको १४ सदस्यीय टोलीमा भारतमा एसएमएस फ्रेन्डसिप कप खेलेका खेलाडी छन् । 

नेपाल प्रतियोगिताको समूह ‘ए’मा रहेको छ । यस समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । नेपालले ३० चैतमा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेल २ वैशाखमा कतारसँग हुनेछ । हङकङसँग ३ वैशाख र साउदीसँग ५ वैशाखमा समूहको अन्तिम खेल हुनेछ ।

नेपाल रहेको समूह निकै कमजोर मानिन्छ । नेपाल तुलनात्मक रूपमा समूहकै बलियो टोली हो । समूह ‘बी’मा ओमानसहित संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया छन् । यो समूहमा ओमान र युएईलाई उपाधि दाबेदार मानिएको छ । 

ad
ad