१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइपिएलमा धवन आठौँपटक स्टम्पिङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:३३:oo

आइपिएलमा सर्वाधिक स्टम्पिङ हुने खेलाडी

पन्जाब किंग्सका कप्तान शेखर धवन इन्डियन प्रिमियर लिग (आइपिएल)मा आठौँपटक स्टम्पिङ भएका छन् । सनराइजर्स हैदराबादविरुद्ध २ रनको हार बेहोर्दा धवन १६ बलमा १४ रन बनाएर स्टम्पिङ भएका हुन् ।

धवनलाई भुवनेश्वर कुमारले विकेटकिपर हेनरिक क्लासेनबाट स्टम्पिङ गराएका थिए । यसअघि चेन्नई सुपर किंग्सका सुरेश रैना र रोबिन उथप्पा सर्वाधिक आठपटक नै स्टम्पिङ भएका थिए । योसँगै आठपटक स्टम्पिङ हुने खेलाडी संख्या तीन पुगेको छ । 

प्रतियोगितामा हैदराबादले पाँच खेल खेल्दा तीन जित निकालेर ६ अंक जोडेको छ । पन्जाबले समान खेलबाट ४ अंक मात्रै जोड्यो । यसअघि सुरुवाती ब्याटिङ गरेको हैदराबादले नौ विकेट गुमाएर १८२ रन बनाएको थियो । 

प्रत्युत्तरमा पन्जाबले ६ विकेट गुमाएर १८० रन बनाउन सक्यो । प्लेयर अफ दी म्याच नीतीसकुमार रेडीले एक विकेट लिनुका साथै ६४ रन बनाएका थिए । अन्तिम ओभरमा पन्जाबलाई २९ रन चाहिएको अवस्थामा २६ रन मात्रै बनेको थियो । मोहालीमा पन्जाबले पावर प्लेमै सिजनको छोटो स्कोर बनाएको हो । यसै खेलमार्फत भुवनेश्वर कुमार लिगमा आफ्नो नाममा १३औँ मेडन ओभर फ्याँक्न सफल भएका छन् ।

अभिषेकको हजार रन पूरा
हैदराबादका अभिषेक शर्माले ११ बलमा १६ रन बनाउँदै आइपिएलमा हजार रन पूरा गरेका छन् । पन्जाबविरुद्ध २३ वर्षीय अलराउन्डरले दुई चौका र एक छक्का हिर्काएका थिए । अभिषेक हैदराबादबाट हजार रनको कोसेढुंगा पार गर्ने तेस्रो भारतीय खेलाडी हुन् । यसअघि मनीष पाण्डे र शिखर धवनले हजार रन बनाएका हुन् ।  

पावर प्लेमा पन्जाबको कम स्कोर
पन्जाव किंग्सले दोस्रो इनिङ्सको पहिलो पावर प्लेमा तीन विकेट गुमाएर मात्र २७ रन बनायो । आइपिएलको १७औँ सिजनको २३औँ खेल सम्पन्न हुँदा पहिलो पावर प्लेमा छोटो स्कोर बनेको पहिलोपटक हो । यसअघि राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध जयपुरमा मात्र ३१ रन बनाएको थियो ।  

भुवेनश्वरको १३औँ मेडन ओभर 
हैदराबादका तीव्र गतिका बलर भुवनेश्वर कुमारले आइपिएलमा १३औँ पटक मेडन ओभर फ्यालेका छन् । उनी आइपिएल इतिहासमा सर्वाधिक मेडन राख्ने दोस्रो खेलाडी बने । यसअघि प्रवीण कुमारले यो कीर्तिमान बनाएका छन् । उनले १४ मेडन राखेका छन् । 

ad
ad