१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दलित अभियन्तामाथि गाउँपालिका पूर्वउपाध्यक्षबाटै जातीय विभेद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:o६:oo

दलित अभियन्ता नै जातीय विभेदको सिकार बनेका छन् । लामो समयदेखि जातीय विभेदविरुद्धको अभियान चलाउँदै आएका झापाका सोमनाथ पोर्तेलमाथि जातीय विभेद भएको छ ।

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुखसमेत रहेका पोर्तेलमाथि हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीले जातीय विभेद गरेका हुन् । गत १८ चैतमा पोर्तेलको नम्बरमा फोन गरेर गिरीले जातीय विभेद हुने गरी गालीगलौज गरेका हुन् । पोर्तेल र गिरी एउटै गाउँपालिकाका हुन् ।

एमाले नेतासमेत रहेका पोर्तेललाई पार्टीको विषयमा गिरीले जातीय विभेद हुने गरी गालीगलौज गरेका हुन् । गिरी विगतमा एमालेमै थिए । उनले गत निर्वाचनमा टिकट नपाएपछि एमाले छाडिसकेका छन् । गिरीले जातीय रूपमा होच्याउँदै पोर्तेललाई अपशब्दसमेत बोलेको अडियो नयाँ पत्रिकालाई प्राप्त भएको छ ।

‘पार्टीको बैठकका सन्दर्भमा उहाँले मलाई कल गर्नुभयो । म अर्को फोनमा भएकाले उठाइनँ । पछि कल ब्याक गर्दा ममाथि विभेद हुने शब्द प्रयोग गर्दै गालीगलौज भर्नुभयो,’ पोर्तेलले भने, ‘जातीय विभेदविरुद्ध लामो समय लडियो । आज आफैँ विभेदको सिकार हुन पुगियो । अहिले त्यसको विरुद्ध लड्दै छु ।’ जातीय विभेदमा परेपछि पोर्तेलले बुधबार इलाका प्रहरी कार्यालय, अनारमनी बिर्तामोडमा जाहेरी दिएका छन् ।

उनले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर सजाय) ऐनअनुसार कारबाहीको माग गर्दै गिरीविरुद्ध जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले विभेदबारे जानकारी आएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । आरोपित गिरीले भने हल्दीबारीमा भएको एमाले बैठकमा केन्द्रीय सदस्य दीपक कार्कीले आफूमाथि अनावश्यक टिप्पणी गरेका कारण आक्रोशित भएर गालीगलौज गर्न पुगेको स्वीकार गरे । 

ad
ad