१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
लुम्बिनी प्रदेशको महिला भलिबल टोली
२o८१ बैशाख १७ सोमबार o७:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रथम अन्तरप्रदेश खेलकुद-२०८० : लुम्बिनी र गण्डकी सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:३१:oo

लुम्बिनी प्रदेश महिला र गण्डकी प्रदेश पुरुष भलिबल टोली प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको महिलातर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

लुम्बिनीले खेल २५–११, २५–१६ र २५–९ ले जित्यो । महिलातर्फ नै मधेश प्रदेशलाई सोझो सेटमा हराउँदै कर्णाली प्रदेशले पनि सेमिफाइनलमा स्थान बनायो । कर्णालीले खेल २५–२०, २५–१० र २५–१९ ले जितेको थियो । त्यस्तै, कोशीलाई हराउँदै गण्डकी सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

महिलातर्फको फाइनल प्रवेशका लागि लुम्बिनी र गण्डकी तथा बागमती र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ कोशी, कर्णाली, गण्डकी र सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लुम्बिनीले बागमतीलाई सोझो सेटमा हरायो । सहज जित निकाल्ने क्रममा लुम्बिनीले खेल २५–९, २५–१३ र २५–१९ ले जित्यो । कोशीले सुदूरपश्चिममाथि ३–२ सेटको जित निकाल्यो । अन्तिम खेलमा कर्णालीमाथि गण्डकी प्रदेशले ३–२ सेटको जित निकालेको हो । बिहीबार हुने सेमिफाइलनमा कोशी र कर्णाली तथा गण्डकी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।

महिला फुटबल : कोशी फाइनलमा
अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कोशी प्रदेश फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई २–० ले हराउँदै कोशी उपाधिनजिक पुगेको हो । कोशीले उपाधिका लागि सुदूरपश्चिम र कर्णालीबीचको विजेतासँग खेल्नेछ । भरतपुरको सारफानगर फुटबल मैदानमा भएको खेलमा कोशीलाई जित दिलाउन प्रतीक्षा राईले दुई गोल गरिन् । उनले खेलको १७औँ मिनेटमा गोल गरिन् । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको कोशी दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । प्रतीक्षाले खेलको ६२औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई जित दिलाएकी हुन् । 

पुरुष क्रिकेट : गण्डकी र कर्णालीको जित
पुरुष क्रिकेटमा गण्डकी र कर्णाली प्रदेशले सहज जित हात पारेका छन् । गण्डकीले बागमती प्रदेशलाई ३२ रनले हराएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकीले दिएको २३५ रनको लक्ष्य पछ्याएको बागमतीले प्रत्युत्तरमा सात विकेट गुमाउँदा मात्र २०२ रन बनायो । बागमतीका लागि रोबिन जोशीले सर्वाधिक ६८ रन बनाए । त्यस्तै शुभ कंसाकार र तिलकराज भण्डारीले समान ३७ रन बनाए । उत्तम थापामगरले २५ रनको योगदान गरेका हुन् । गण्डकीका लागि विपिन खत्री र सुभाष भण्डारीले समान दुई विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३४ रन बनाएको थियो । गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतकीय पारी खेले । दीपकले ७५ रन बनाउँदा अर्जुनले ५५ रन बनाएका हुन् । सन्दीप खत्रीले २७ रनको योगदान गरेका हुन् । बागमतीका लागि रिजन ढकाल र कृजन गुरुङले एक–एक विकेट लिए ।

दोस्रो खेलमा कर्णालीले कोशी प्रदेशमाथि १० रनको जित हात पा¥यो । कर्णालीले दिएको २०९ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदा मात्र १९८ रन बनाउन सक्यो । 

ad
ad