१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

इस्लाम धर्मावलम्बीले आज इद उल फित्र (इद) मनाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२२:oo

देशभरका इस्लाम धर्मावलम्बीले आज इद उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।  बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए ।

मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । ‘जकात (दान) यही महिनामा दिइन्छ,’ उनले भने, ‘हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ ।’ 

इद उल फित्रमा ‘सेवई’ खाएर र सामूहिक रूपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार देशमा मुस्लिम समुदाय कुल जनसंख्याको ५.९ प्रतिशत छ । यो तथ्यांक अपूर्ण भएको आरोप लगाउँदै अन्सारीले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिकलगायत अवस्थाको अध्ययन–अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताए । 

काठमाडौंमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव छ ।  इदको अवसरमा बिहीबार (आज) सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।

ad
ad