१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नेपाल पुलिस क्लबविरुद्ध बल अगाडि बढाउँदै नव जनजागृति युवा क्लबका खेलाडी (सेतो)
२o८१ बैशाख १९ बुधबार o७:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जितपुरसिमरा गोल्डकप : आयोजक नव जनजागृतिलाई हराउँदैपुलिस सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:o७:oo

आयोजक नव जनजागृति युवा क्लब सिमरालाई २–१ ले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब १४औँ जितपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सिमरा रंगशालामा भएको क्वार्टरफाइनलमा पुलिसलाई जित दिलाउन दुवै गोल म्यान अफ दी म्याच उज्ज्वल राईले गरेका थिए । आयोजकका लागि मोहित गुरुङले पेनाल्टीबाट एक गोल फर्काएका थिए । प्रतियोगिताअन्तर्गत बिहीबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

पुलिसको अग्रता 
खेलको तेस्रो मिनेटमै आयोजकविरुद्ध पुलिसले अग्रता बनाएको थियो । आयोजकको समर्थनमा आठ हजारभन्दा धेरै समर्थक मैदानमा उपस्थित भएका थिए । दायाँ भागबाट सुजन मगरले मिलाएको पासलाई उज्ज्वलले सदुपयोग गरेका हुन् । दबाबमा परेको आयोजक खेलको पाँचौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्कियो । पुलिसका नीरज खड्काले मोहित गुरुङलाई बक्सभित्र लडाएपछि फिफा रेफ्री प्रज्वल क्षेत्रीले आयोजकलाई पेनाल्टी अवसर दिएका थिए । खेलको १९औँ मिनेटमा उज्ज्वलले नै गोल गोल गरे । पहिलो हाफमै तीन गोल हुँदा दोस्रो हाफमा कुनै गोल हुन सकेन । दुवै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । 

महिला लिग छनोट सुर्खेतमा 
अखिल नेपाल फुटबल संघ (एन्फा)ले कर्णाली खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा महिला राष्ट्रिय लिग छनोट सुर्खेतमा आयोजना गर्ने भएको छ । आगामी ७ वैशाखदेखि सुर्खेतमा आयोजना हुने राष्ट्रिय महिला लिग छनोटका लागि एन्फाले बुधबार परिषद्सँग सम्झौता गरेको हो । सम्झौताअनुसार सहभागी हुने टोली तथा पदाधिकारीको आवास खर्च परिषद्ले व्यहोर्नेछ ।

सम्झौतामा एन्फा महासचिव किरण राई र परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्यालले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य रोविन चन्दलगायत सहभागी थिए । छनोट प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी छन् । यस प्रतियोगिताका शीर्ष तीन टोलीले राष्ट्रिय महिला लिगमा स्थान बनाउनेछन् । राष्ट्रिय लिगका विभागीय तीन टोलीहरू नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लब हुनेछन् ।

यसअघि एन्फाले राष्ट्रिय महिला लिग बीचमै टुंग्याएर शीर्ष स्थानमा रहेको एपिएफलाई च्याम्पियन घोषणा गरेको थियो । यसैबीच कर्णाली प्रदेशको प्रशिक्षकमा पूर्वखेलाडी गणेश खड्का नियुक्त भएका छन् ।

ad
ad