१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : जीवनको दु:ख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:o३:oo

एकपटक एक युवक एक सन्तकहाँ पुगे । उनले भने– सन्त महाराज, म आफ्नो जीवनदेखि हैरान भएको छु । कृपया यस हैरानीबाट मुक्ति पाउने उपाय बताउनुहोस् । सन्तले भने– पानीको ग्लासमा एक मुठी नुन हाल र त्यसलाई घटघट पिइदेऊ । युवकले सन्तको आदेश शिरोपर गरे । 

सन्तले सोधे– यसको स्वाद कस्तो लाग्यो ? युवकले मुख बिगार्दै जवाफ दिए– निकै खराब ! जिभै्र पाछ्ने एकदमै चर्को ! सन्तले मुसुक्क मुस्कुराउँदै भने– एक मुठी नुन लिएर मेरो पछि–पछि आऊ । 

दुवै बिस्तार–बिस्तारै अघि बढ्न लागे । केही पर पुगेपछि एउटा स्वच्छ, सफा झरना भेटियो । दुवै झरनाको नजिकै रोकिए । सन्तले निर्मल झरना देखाउँदै भने– ल अब अघि साथमा ल्याएको नुन यो झरनाको पानीमा मिसाऊ । युवकले सन्तको आदेशको पालना गरे । सन्तले भने– अब यो झरनाको पानी पिइहेर त ! युवकले पानी पिए । पुनः सन्तले सोधे– यसको स्वाद कस्तो रहेछ ? के अझै यो त्यस्तै चर्को छ ? युवकले शिर हल्लाउँदै जवाफ दिए– अहँ, यो त निकै मिठो छ । 

सन्तले युवकको छेउमा बस्दै भने– जीवनको दुःख पनि नुनजस्तै हो । न योभन्दा बढी न योभन्दा कम ! जीवनमा दुःखको मात्रा उही रहन्छ । तर, हामीले त्यसलाई कुन पात्रमा हाल्छौँ, केमा मिलाउँछौँ, त्यसले हाम्रो दुःखको स्वाद निर्धारण गर्छ । त्यसैले, गिलास बन्नुको साटो जहिल्यै झरना बन्ने प्रयत्न गर । जीवनको दुःखदेखि मुक्त हुनेछौ ।

ad
ad