१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रमेश सुनार कालीकोट
२o८१ बैशाख २२ शनिबार १६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पालिकामै नुन पाउँदा उत्साहित स्थानीय 

Read Time : < 1 मिनेट
रमेश सुनार, कालीकोट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:३७:oo

जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ९, १० र ११ का स्थानीय नागरिक पालिकामै नुन पाएपछि खुसी भएका छन्।

नुनकै लागि जिल्ला सदरमुकाम मान्ममा चर्को रकम खर्च गरेर आउनुपर्ने बाध्यताको अन्त्य भएको भन्दै स्थानीय खुसी भएका हुन्।

साल्ट ट्रेडिङ कर्पोरेसन लि. ले तिलागुफा नगरपालिकाको केन्द्र गाल्जेमा वितरण केन्द्र स्थापना गरेपछि त्यहाँका स्थानीय नागरिकलाई नुन लिनका लागि सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छ।

११ पोका नुनकै लागि जिल्ला सदरमुकाम मान्ममा चर्को खर्च गर्नुपर्ने बाध्यता हटेको तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले बताए।

दुई हजारभन्दा बढी रुपैयाँ र पूरै एक दिन खर्चेर हिँड्दै सदरमुकाम मान्म पुगेपछि मात्र नुन देख्न पाउने तिलागुफा नगरपालिकाका नागरिकले अहिले घरनजिकै खुलेको वितरण केन्द्रबाट नुन पाउन थालेको उपाध्यायको भनाइ छ।

साल्ट ट्रेडिङ कर्पोरेसनको कालीकोट शाखा कार्यालयसँगको समन्वयमा नगरपालिकाले गाउँमा अस्थायी डिपो स्थापना गरेर सेवा दिएको उपाध्यायले बताए।

वर्षौँपछि गाउँमा नुन पाउँदा आफू खुसी भएको जनक थापाले बताए। ‘केहीबेर त पालिकामै नुन पाउँछाैँ भन्ने विश्वास नै थिएन, आखिर पालिकाबाटै नुन पाउँदा खुसी लाग्यो,’ उनले भने, ‘११ पोका नुन लिन एक दिन हिँडेर सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता थियो। एकपटक सदरमुकाम जाँदा–आउँदा दुई हजारदेखि दुई हजार पाँच सयभन्दा बढी पैसा खर्च हुन्थ्यो, अब समय पनि बच्यो पैसा पनि।’

‘आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउन र नुन लिन सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटाउनका लागि पालिका केन्द्रबाटै नुन वितरण गरिएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए। यसअघि रास्कोट नगरपालिका, महाबै गाउपालिकालगायतका स्थानीय तहहरूले नुन वितरण गरिसकेका छन्।

ad
ad