१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
आरोपित डम्बर गिरी र पीडित सोमनाथ पोर्तेल। तस्बिर : नयाँ पत्रिका।
२o८१ बैशाख १७ सोमबार १५:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दलित अभियन्तामाथि नै गाउँपालिका पूर्वउपाध्यक्षले गरे जातीय विभेद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:२३:oo

दलित अभियन्ता नै जातीय विभेदको सिकार बनेका छन्। लामो समयदेखि जातीय विभेदविरुद्धको अभियानमा काम गर्दै आएका झापाका सोमनाथ पोर्तेलमाथि जातीय विभेद भएको हाे।

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुखसमेत रहेका पोर्तेलमाथि हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीले जातीय विभेद गरेका हुन्। गत १८ चैतमा पोर्तेलको नम्बरमा फोन गरेर जातीय विभेद हुने गरी गाली गरेका थिए। 

पोर्तेल र गिरी एउटै गाउँपालिकाका हुन्। नेकपा एमालेका नेतासमेत रहेका पोर्तेललाई पार्टीको विषयमा गिरीले जातीय विभेद हुने गरी गालीगलौज गरेका हुन्। गिरी विगतमा एमालेमै थिए। उनले गत निर्वाचनमा टिकट नपाएपछि एमाले छाडिसकेका छन्। गिरीले जातीय रूपमा होच्याउँदै पोर्तेललाई अपशब्दसमेत बोलेको अडियो नयाँ पत्रिकालाई प्राप्त भएको छ। 

‘पार्टीको बैठकका सन्दर्भमा उहाँले मलाई कल गर्नुभयो । म अर्को फोनमा भएकाले उठाइनँ। पछि कलब्याक गर्दा ममाथि विभेद हुने शब्द प्रयोग गर्दै गालीगलौज भर्नुभयो,’ पोर्तेलले भने, ‘जातीय विभेदविरुद्ध लामो समय लडियो। आज आफैँ विभेदको सिकार हुन पुगियो। अहिले त्यसको विरुद्ध लड्दै छु।’

जातीय विभेदमा परेपछि पोर्तेलले बुधबार इलाका प्रहरी कार्यालय, अनारमनी बिर्तामोडमा जाहेरी दिएका छन्। उनले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर सजाय) ऐनअनुसार कारबाहीको माग गर्दै पोर्तेलले जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले विभेदबारे जानकारी आएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए।

आरोपित गिरीले भने हल्दिबारीमा भएको एमालेको बैठकमा एमाले केन्द्रीय सदस्य दीपक कार्कीले आफूमाथि अनावश्यक टिप्पणी गरेका कारण आक्रोशित भएर गालीगलौज गर्न पुगेको स्वीकार गरे। 

‘हल्दिबारीको एमालेको बैठकमा गएर मेरो भूगोलमा पुगेर मविरुद्ध चरित्र हत्या हुने निजी विषयका कुरा दीपक कार्कीले गर्नुभएछ। मैले किन यस्तो भयो भनेर बुझ्न उहाँ (दीपक कार्की)लाई कल गरेँ। उहाँले उठाउनुभएन। म नेकपा एमालेसँग छैन अहिले। किन मेरो विषयमा कुरा उठाइयो ?,’ गिरीले भने, ‘दीपक कार्की र सोम पोर्तेल एउटै गाडीमा हुनुहुन्थ्यो। त्यही भएर सम्पर्क गरेँ। म पार्टी छाडेर व्यापार–व्यवसाय गरेको मान्छेलाई किन त्यसरी कुरा उठाएको भन्दा उहाँ (सोम पोर्तेल)ले पार्टी छाडेकोलाई के मतलब भनेजस्तो कुरा गर्नुभयो। त्यो क्रममा आवेगमा आएर भनेको हो। प्रत्यक्ष भेटघाटमा भनेको हाेइन। नियत राखेर त्यस्तो कुराकानी भएको हाेइन। सबै आवेगमा भएको हाे।’
 

ad
ad