१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एकैपटक ३५ इभी चार्जिङ स्टेसन सञ्चालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४७:oo

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसआइडी)अन्तर्गतको ऊर्जा नेपाल कार्यक्रमको सहयोगमा निर्माण गरिएको २३ वटा इभी चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । 

युएसआइडी ऊर्जा नेपालको तीन लाख ४६ हजार तीन सय १५ डलर सहयोगमा यात्री डिजाइन स्टुडियो र इ–स्टप लिमिटेडले बागमती प्रदेशको आँबुखैरेनी, कुरिनटार, चरौदी, काठमाडौं, दोलखा र धुलिखेलमा गरी कुल २३ वटा चार्जिङ स्टेसन निर्माण गरेका छन् ।

यसमध्ये एउटा मोबाइल इभी चार्जिङ स्टेसनसमेत रहेको छ, जुन नेपालकै पहिलो मोबाइल इभी चार्जिङ स्टेसन हो । सडकमा चार्ज सकिएर अलपत्र परेका सवारीसाधनको उद्धार गर्न यो बढी उपयोगी हुने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

ad
ad