१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कुहिनाले हिर्काएपछि रोनाल्डोलाई रातो कार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४o:oo

अल नासर साउदी सुपर कप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ । चिरपरचित प्रतिद्वन्द्वी अल हिलालसँग सेमिफाइनलमा नासर २–१ ले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको हो । अल नासरलाई हारको पीडा छँदै थियो । त्यसभन्दा माथि अर्को बज्रपात कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएका छन् । रातो कार्ड पाएपछि उनी कम्तीमा दुई खेलमा प्रतिबन्धमा पर्न सक्छ । साउदी प्रो लिगमा आउने महत्वपूर्ण खेलमा नासरले कप्तान रोनाल्डोलाई गुमाउने पक्का छ । 

खेलको ८६औँ मिनेटमा उनले सीधै कार्ड पाएका हुन् । अल हिलालका खेलाडीलाई कुहिनाले प्रहार गरेपछि उनले सीधै रातो कार्ड पाएका हुन् । अन्तिम समयमा महत्वपूर्ण खेलाडी गुमाएको नासरले त्यसपछि लय गुमायो । खेलको अन्तिम इन्जुरी समयमको नवौँ मिनेटमा अल नासरले गोल फर्काएपछि २–१ को हार टार्न सकेन । नासरका लागि लिभरपुलका पूर्वखेलाडी साडियो मानेले गोल गरेका थिए । 

यसअघि अल हिलालका लागि अलदावसारी र माल्कमले समान एक गोल गरेका थिए । दुवै टोलीबीच पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको ६१औँ मिनेटमा अलदावसारीको गोलसँगै अल हिलालले १–० को अग्रता लियो । खेलको ७२औँ मिनेटमा माल्कमले २–० का लागि गोल गरे । अब साउदी सुपर कपको फाइनलमा अल हिलाल र अल इत्तिहादबीच हुनेछ । 

इत्तिहादले अल बेदालाई २–१ ले हराउँदै अन्तिम दुई स्थानप क्का गरेको थियो । सुपरकपबाट बाहिरिएसँगै रोनाल्डो यो सिजन उपाधिविहीन बन्ने लगभग पक्का भएको छ । उनी सन् २०२३ मा साउदी क्लबसँग आबद्ध भएका थिए । यो सिजन अल नासर घरेलु कपसँगै एसियन च्याम्पिन्यस लिगबाट बाहिरिएको छ । लिगमा पनि अल हिलालभन्दा १२ अंकले पछि परेको छ ।

ad
ad