१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रथम अन्तरप्रदेश खेलकुद २०८० : पदक तालिकामा बागमती अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:o५:oo

भरतपुरमा चलिरहेको प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती पदक तालिकाको शीर्ष स्थानमा छ । बागमतीले सर्वाधिक ५० स्वर्ण, ३३ रजत तथा २८ कांस्य जितेको छ । प्रतियोगिताको तेस्रो दिनसम्म तेक्वान्दो र कराँते, एथलेटिक्स, पौडी र तेक्वान्दोका खेल सकिएका छन् ।

कराँतेको दुई विधा काता र कुमुतेमा बागमतीले ९ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको थियो । ४ स्वर्ण ३ रजत र २ कांस्य पदकसहित लुम्बिनी दोस्रो भयो । ३ स्वर्ण २ रजत र ५ कांस्य पदकसहित १० पदकका साथ सुदूरपश्चिम प्रदेश तेस्रो भएको आयोजकले जनाएको छ । 

पौडीमा बागमतीले २७ स्वर्ण, १७ रजत र ७ कांस्य पदकसहित ५३ पदक जित्यो । सुदूरपश्चिम ३ स्वर्ण, ८ रजत र ७ कांस्यसहित १८ पदकका साथ दोस्रो स्थानमा रह्यो । कोशी ३ रजत, १३ कांस्य पदकसहित १६ पदकका साथ तेस्रो स्थानमा छ । पौडीमा लुम्बिनीले ३ कांस्य पदकसहित चौथो स्थान हात पारेको छ । यसैगरी, तेक्वान्दोमा बागमतीले ७ स्वर्ण, ४ रजत र ९ कांस्य प्राप्त गरेको छ । ब्याडमिन्टनमा पुरुष टिम इभेन्टमा कोशी पहिलो भयो । 

बागमती दोस्रो, कर्णाली र लुम्बिनी प्रदेश तेस्रो भएका छन् । महिला टिम इभेन्टतर्फमा कोशी प्रथम भएको छ । कर्णाली प्रदेश दोस्रो, गण्डकी र बागमती प्रदेशले तेस्रो स्थानमा रहे । महिला क्रिकेटमा सुदूरपश्चिमले फाइनलमा कोसीलाई हरायो । 

ad
ad